गठबन्धनबाट बाहिरियो जसपा, निर्वाचनमा एक्लै लड्ने

असोज १५ गते, काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी (जसपा) नेपालले कसैसँग पनि तालमेल नगर्ने उद्घोष गरेको छ । आज बसेको जसपाको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ,’ हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्धनमा आगामी हुने संघीय संसद र प्रदेशसभा सदस्यको निर्वाचनमा सिटको तालमेल सन्तोषजनक नभएपछि गठबन्धनबाट बाहिरिएको जनाएको छ ।

सिट बाँटफाँडसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ । त्यो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।’

सम्बन्धित खवर