अशक्त व्यक्तिको गाउँपालिकाद्धारा उद्दार र उपचार

असोज ३१ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले अशक्त व्यक्तिको उद्दार गरी उपाचार गरिदिएका छन् ।

आइतबार वडा नं. ४ स्थित त्रिवेणी चोकका बर्ष ६० का टेकबहादुर माझीलाई उद्दार गरी उपचार गरिदिएको हो । उनलाई कानेपोखरी अस्पतालमा स्वास्थ्य चेकजाच गरिएको थियो । लामो समय देखी विरामी भई घरमै थलिएर बसेका माझीको लिभर खराब भएको थियो । उनले बसेकै ठाउँमा दिसा गर्ने र दिसा नअडिने समस्या रहेको थियो ।

पालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारीले नगरप्रहरीको उपस्थितमा अशक्त व्यक्तिलाई उद्दार गरी उपचार गरेका हुन ।
घर नजिकै आफ्न्त भएपनि आफ्नो घरमा एक्लै बस्दै आएका उनीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको गाउँपालिका अध्यक्ष राजमती इङ्नाले बताइन् । श्रीमती विहिन माझीको छोराबुहारी भएपनि परिवारमा टेकबहादुर माझी एक्लै जस्तै नै रहेको वडा सदस्य साउनी माझी बताउँछिन् । घर नजि उनका बहिनीज्वाईले खाना ल्याईदिएर दिने गरेका थिए ।

खानेकुरा र सुत्ने समेत नभएका माझीलाई गाउँपालिकाले एकथान खाट, तन्ना, लताकपडा, दाल, १ बोरा चामल र नुनतेल लगाएतका सामाग्री प्रदान गरेका थिए । अशक्त माझीलाई उनकै वहिनीले हेरविचार गर्दै आएका छन् । अशक्त उनीलाई नगरप्रहरीले केश काटेर, पानीले सरसफाई गरिदिएको थियो ।

 

 

सम्बन्धित खवर