मोरङ ३ मा माओवादीको प्रभावशाली नेता एमालेमा प्रवेश, गठबन्धनलाई ठुलो धक्का

कार्तिक ७ गते, कानेपोखरी । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नं.३ का प्रतिनिधिसभा पदको उम्मेदवार भानुभक्त ढकालले चुनावी अभियानलाई तीव्र बनाएका छन् । उनले आफ्नो अभियानमा कार्यकर्ताहरुलाई जोड्दै अन्य पार्टीबाट नेता कार्यकर्ता पनि भित्र्याउर्दै आएका छन् ।

सोमबार मोरङको कानेपोखरी गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीले आयोजना गरेको कार्यक्रममा माओवादीको प्रभावशाीली नेता प्रवेश गरेको छ । पथरीशनिश्चरे नगरका पूर्व वडा अध्यक्ष एवं माओवादी केन्द्रका नेता गोविन्दबहादुर भण्डारी नेकपा(एमाले)मा प्रवेश गरेका छन् ।

उनीसँगै वडाका अगुवा कार्यकर्ता भागवत पासवान, गोपाल ठटाल, कमल आचार्य, दिपक लोहार, नर्थु पासवान पनि प्रवेश गरेका छन् । नेकपा माओवादीले सो क्षेत्रबाट प्रदेश र संघ दुवैमा उम्मेदवारी पाएको छैन् । स्थानीय स्तरमा लोकप्रिय भण्डारीको प्रवेशले माओवादीलाई ठुलो धक्का लागेको छ ।

ढकाल अहिले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रमहरुमा तीव्र रुपमा आफ्ना गतिविधिलाई अगाडी बढाएका छन् । त्यस क्षेत्रका गठबन्धनका उम्मेदवारले उपचारको वहानामा भोट बार्गेनिङ गर्दै आफ्नो प्रचार गर्दै आएको अवस्थामा ढकालले भने त्यस क्षेत्रको विकास र समृद्धिको नारालाई अघि बढाएका छन् ।

अघिल्लो पटक आफू निर्वाचित भएपछि गरेका कामहरुको फेहरिस्त लिएर उनी जनताको दैलोमा पुगेका छन् । उनीले आफ्नो पुरानो घरमा फर्केको बताए ।

उनलाई क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार भानुभक्त ढकाल र प्रदेश सदस्य पदका उम्मेद्वार दिलिपकुमार राईले अविरको टिका लगाएर एमालेमा प्रवेश गराएको थिए । कार्यक्रममा पार्टी प्रदेश सदस्य ताराबहादुर काफ्ले, पर्शु मिश्र, देवराज भण्डारी, जिल्ला सचिवालय सदस्य भोला अधिकारी, दानबहादुर बस्नेत, भूपाल श्रेष्ठ लगाएत उपस्थित रहेका थिए ।

सम्बन्धित खवर