मोरङ २ (ख)बाट प्रदेशसभामा एमालेका लिलाबल्लभ अधिकारी निर्वाचित

कानेपोखरी । मोरङ क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभमा सदस्यमा नेकपा (एमाले) का लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका विनोद कार्कीलाई पराजित गर्दै अधिकारी निर्वाचित भएको हो ।

अधिकारी र कार्कीको मतान्तर २ हजार ८ सय छ । अधिकारीले १७ हजार ७ सय ५२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्धी नेपाली कांग्रेसका कार्कीले १४ हजार ९ सय ५२ मत ल्याएको निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

उनका अनुसार सो क्षेत्रमा ६३ हजार ६ सय ७१ मतदाता रहेकोमा ४० हजार २ सय १३ मत खसेको थियो । जस मध्ये ३८ हजार ५ सय २८ मत सदर भएको छ भने १ हजार ६ सय ८५ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

सम्बन्धित खवर