१२ साउन, पथरी । मोरङको पथरीशनिश्चरे– ७ स्थित दुर्गा माविमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । शिविरमा १४७ जना विद्यार्थीहरुको आँखा चेकजाँच गरिएको थियो ।
शुक्रबार विराटनगर आँखा अस्पताल विराटनगरको प्राविधक सहयोगमा आँखा शिविर सम्पन्न गरिएको हो ।
लायन्स क्लव अफ पथरी, लायन्स क्लव अफ पथरी योङहर्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरीशनिश्चरे र लियो पथरी सहित संयुुक्त आयोजनामा शिविर सन्चालन गरिएको थियो ।
कार्यक्रममा जिल्ला गभर्नर विकास अधिकारी, जिल्ला एडमिन्टेटर रोशन बुढाथोकी, एरिया कोर्डिनेटर रोहित शाह, रिटर्न चियर पर्सन संजिव बुढाथोकी, जोन चियरपर्सन भगत चन्द्र थपलिया उपस्थित थिए ।
औपचारिक कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका कार्यालय शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, वडा नं.७ का वडा अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उद्धवराज बस्नेत पनि सहभागि थिए ।