जनसेवाका पूर्वविद्यार्थीद्धारा वनभोज स्थलमै २ लाख अक्षयकोषको स्थापना

राजकुमारी तामाङ

पुस १८ गते, कानेपोखरी । जनसेवा माविका २०५३ सालका पूर्वविद्यार्थीहरुले अक्षयकोष स्थापना गर्नका लागि २ लाख संकलन गर्ने भएको छ ।

शनिबार भुल्के सिमसारमा वनभोज कार्यक्रमको आयोजना गरी पूर्वविद्यार्थीहरुले सो बराबरको रकमको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । मोरङको कानेपोखरी –६, स्थित जनसेवा माविमा २०५३ सालमा एसएलसी दिएका पूर्वविद्यार्थीहरुको वनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।

वनभोजमा स्थलमा रकम उपलब्ध गराउनेहरु मोहन आचार्य १ लाख, डिल्ली फूयाल ३१ हजार, जनक कार्की २५ हजार, निधिरत्न बास्तोला ५ हजार, किशन लिम्बु ५ हजार र लोकेन्द्र शाक्य २५ सय संकलन गरेको छ ।

संकलित रकम तत्काल बैंकमा राखी अन्य रकम संकलन पुरा गरी जनसेवा माविसँग अक्षयकोषको तत्काल सम्झौता गरिने समितिका संयोजक डिल्ली फुयलले बताए । सो रकमको ब्याजले जनसेवामाविको बार्षिक कार्यक्रममा गरिव, जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने बताए ।

कार्यक्रममा डिल्ली फुयलको संयोजकत्वमा ७ सदस्य समिति पनि गठन भएको पूर्व विद्यार्थी लोकेन्द्र शाक्यले बताए । त्यस्तै सचिवमा खगेन्द्र कार्की र सदस्यहरुमा निधिरन्त बास्तोला, सचिता दवाडि, महेन्द्र बोहोरा, कुमार फुयाल र लोकेन्द्र शाक्य रहेका छ्न । वनभोज कार्यक्रमको संयोजन कानेपोखरी–६, का लोकेन्द्र शाक्यले गरेका थिए ।

 

सम्बन्धित खवर