८ कक्षामा उत्कृष्ट नतिजा ल्याउने दुईजनालाई ३० हजार रकमले पुरस्कृत

पुस ३० गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकाले सामुदायिक विद्यालयका कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने दुईजना बिद्यार्थीलाई पुरस्कृत गरेको छ ।

गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा २०७८ को बार्षिक परीक्षामा उत्कृष्ट नजिता ल्याउने १ जना छात्रा र १ जना छात्रलाई छात्रवृत्तिको पुरस्कारले पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा छात्र तर्फ वडा नं. ६ को जनसेवा माविका गुञ्जन ढुङ्गाना र छात्रा तर्फ वडा नं. ५ का श्रीमावि भौसाबारीका श्रेया धिमाल रहेका छन् । उनिहरुलाई नगद १५–१५ हजार नगद पुरस्कारको राशीले पुरस्कृत गरिएको थियो ।

गाउँपालिकाको एक कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारीले छात्रवृत्ति बापत रकम उल्लेख भएको चेक र प्रशंसा पत्र प्रदान गरेका थिए । साथमा वडाध्यक्ष खड्ग बस्नेत र नेपाली कांग्रेसका सभापती योगेन्द्र दाहाल पनि रहेका थिए ।

सम्बन्धित खवर