पथरीशमा ११ गतेदेखी हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइर्दै

फागुन ४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले फागुन ११ गतेदेखी हात्तिपाइले रोग(फाइलेरिया) विरुद्धको औषधी खुवाउन सुरु गर्ने भएको छ ।

बुधबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने बारेमा जानकारी दिएको हो । नगरप्रमुख मोहन प्रसाद तुम्बाफोल सवै वडाको प्रत्येक घरघरमा पुगि प्रत्येक व्यक्तिलाई औषधी खुवाउने बताएका छन् । यस पटक कसैलाई नछुट्ने गरी औषधी खुवाउने गरी स्वास्थ्यकर्मीहरुले योजना बनाएको बताए । सम्मेलनमा उपप्रमुख देवीमाया काफ्ले पनि उपस्थित रहेका थिए ।

नगर क्षेत्रमा कार्यक्षेत्र बनाएर पत्रकारीता गरिरहेका पत्रकारहरुलाई नगरका स्वास्थ्यकर्मी जगत गुरुङले प्रोजेक्टर मार्फत सहजिकरण गरेका थिए । कसरी खाने, कस्ताले खानुहुदैन, कति खाने र रोग लागेमा के हुन्छ भन्ने बारेमा सहजिकरण गरेका थिए । कार्यक्रममा प्रमुम प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद पोखरेल, नगर अस्पतालका डा. भेषराज पोख्रेल, स्वास्थ्य प्रमुख मुरारी आर्चायले पनि सहजिकरण गरेका थिए । उनिहरुले औषधी खुवाउने कार्यक्रम सवैले खाएपछि मात्र समाप्त हुने बताए । हाइड्रोसिल पनि हात्तिपाईले रोगको लक्षण रहेको उनिहरुले बताएका छन् ।

मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहताले जानकारी दिएका छन् । मोरङमा यस अघि ११ औँ पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो ।

यो कार्यक्रम सफलता प्राप्त नभएपछि १२ औँ पटक औषधि खुवाउन लागेको हो । गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले जुकाको औषधिसहित तीन प्रकारको औषधि खानुपर्ने हुन्छ ।

 

सम्बन्धित खवर