आवास विहिन नागरिकको लागि सुरक्षित आवास निर्माण गर्दै गाउँपालिका

फागुन ७ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रका जनताहरुले सिंहदरवार पक्कै पनि जनताको घरघरमा आएको महसुस गरेका छन् । गाउँपालिकाले पिछडीएका गरिव, विपन्न परिवारको लागि गाउँपालिकाले स्रोत साधनले भ्याए सम्म सेवा दिन पछि हटेको छैन ।

पछिल्लो समयमा आवास विहिन नागरिकको लागि सुरक्षित आवास निर्माण गरी प्रदान गर्न अभिभावकको रुपमा भूमिका निर्वाह गर्दै आएका छन् । गत बर्ष ६ वटा आवास निर्माण गरी आवास विहिन नागरिकलाई हस्तान्तरण गरेका छन् भने यस बर्ष ८ बटा निर्माण सुरु भएको छ । आवास विहिन नागरिकको लागि महाशिवरात्रीको अवसर पारेर पालिकाले ८ वटा आवास निर्माणको लागि शिलान्यास गरिएको छ । गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले सो आवासको शिलान्या गर्नुभएको हो ।

निर्माण सुरुभएको आवास ५१ लाख ६५ हजारको लागतमा निर्माण सुरु भएको हो । बेलबारीको धिरजकुमार चौधरीले २०७९ माघ २९ गते आवस निर्माण गर्न सम्झौता पाएको थियो । यो आवास २०८० को असार मसान्तमा सम्पन्न गरेर बुझाउनु पर्ने सम्झौता रहेको छ ।

अघिल्लो बर्ष निर्माण गरिएको पिपुल कन्ट्रक्सन हाउजिङमा बेल्ला बेग्लै घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । यो बर्ष भने डिजाइन फरक रहेको छ । एउटा व्लकमा दुई वटा घर एटेज गरेर ४ वटा ब्लक बन्ने ठेकेदार चौधरीले बताउँछ । त्यहाँ एक परिवारलाई १०–१२ को दुई वटा कोठा, ४–६ को एउटा किचन र ४–६ को शौचालय र वाथरुम बन्ने छ ।

अघिल्लो बर्ष गाउँपालिकाले संविधान दिवसको अवसर पारेर आवासविहिन ६ घरपरिवारलाई घर हस्तान्तरण गरेको थियो । वडा नं. २ का बखारु राजवंशी, चेतबहादुर विष्ट, पलान ऋषिदेव र पाण्डु ऋषिदेव, वडा नं. ५ का कोपिला सार्की र डम्बर बहादुर माझीलाई आवास(घर) हस्तान्तरण गरेको थियो ।

एउटा ठुलो कोठा र अर्को सानो कोठा एक तले अर्ध पक्की घर निर्माण गरिएको थियो । घरमा एउटा खानेपानी ट्यवेल, शौचालय र विजुली बत्तीको समेत जडान गरिएको घर घरविहिनलाई प्रदान गरिएको थियो ।

आर्थिक बर्ष २०७८÷०७९ मा विनियोजित बजेटबाट टेन्डर लगाई भ्याट बाहेक ३० लाख ३२ हजार ४ सयमा ६ वटा घर निर्माण सम्पन्न भएको र एउटा घरलाई निर्माण सम्पन्न गर्न ५ लाख १० हजार ४ सय लागेको गाउँपालिकाको तथ्याङ्कमा रहेको छ ।

यस अघि आवास पाएका परिवार दिनमा अरुकै काम गरी बेलुका चामल ल्याएर छाक टार्ने परिवार हो । उनिहरु दिउँसो छिमेकी र अन्य स्थानमा खेतला वा काम गरेर गुजरा चलाउँदै आएका छन् । त्यस परिवार अहिले घर पाएपछि गाउँपालिकालाई भगवानको रुपमा प्राथना गर्ने गरेका छन् ।

वडा नं. २ को प्रधान टोलमा गाउँपालिकाले ‘जनता आवास कार्यक्रम’ अन्तरगत रुद्रबहादुर बस्नेतको १ विगाह ३ कट्ठा जग्गा ५४ लाखमा खरिद गरेको थियो । गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा जनता आवास कार्यक्रम अन्तरगतको रकमले जग्गा खरिद गरेको हो ।

यति मात्र होइन गाउँपालिकाले यो सँगै साहारा नेपालको सहकार्यमा गाउँपालिकाले यस बर्ष वडा नंं. ३ मा ३० वटा घर निर्माण गरी हस्तान्तरण गरिने भएको छ । फुस्को छाना भएको विपन्न परिवारको जुन ३० वटा घर उनिहरुको आफ्नै जग्गामा निर्माण गर्न लागिको हो । यस प्रकारको घर गाउँपालिकाले गएको बर्षमा वडा नं. २ को थानटोलीमा २५ वटा घर निर्माण गरी हस्तान्तरण गरेका थिए ।

 

सम्बन्धित खवर