सार्वजनिक सुनुवाई कार्यक्रममा ६ महिनाको कार्यप्रगती प्रस्तुत

फागुन ८ गते, पथरी । मोरङको पथरीशनिश्चरे–८ नम्बर वडाले सार्वजानिक सुनुवाई कार्यक्रम समपन्न गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा वडाले ६ महिनामा गरेको कार्यप्रगती सार्वजानिक गरेको हो ।

सार्वजानिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष नविन कार्कीले ३४ वटा बुँदागत रुपमा कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । वडाबाट अर्धवार्षिक समीक्षा अन्तर्गत जन्मर्ता १ सय ६५ जना, मृत्युदर्ता ६६ जना, बसाई सरी आएको ५१ परिवार, सम्वन्ध विच्छेद ११ जोडी भएको सार्वजनिक गरेका थिए ।

त्यसैगरी नागरिकता सिफारिस १ सय ४५ जना, नागरिकता प्रतिलिपी सिफारिस २ सय ४३ जना, राजश्व संकलन ६ लाख ६४ हजार ५७ रुपैया, विद्यार्थी छात्रवृत्ति वितरण ३६ जना, न्यानो कपडा वितरण ३ सय ३५ जना, बाँयोमास चुल्हो वितरण २० परिवार, राष्ट्रिय परिचयपत्र विवरण संकलन २ हजार ९ सय ४० जना भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

भौतिक पूर्वाधार (पुँजिगत)तर्फ १६ वटा शीर्षक राखिएकोमा १५ शीर्षकको सम्झौता भईसकेको र काम भएको योजनाको प्रतिशत ९५.४८ लगायत विवरण प्रस्तुत गरिएको थियो ।

यस्तै वडा कार्यालयमा नै मालपोत बुझाँउने कार्य सुरु भएको छ । वडाको प्रत्येक सामुदायिक विद्यालयमा डिजिटल हाजिरी मेसिन जडान गरिएको छ । वडाको आधारभूत स्वास्थ्य केन्द्रमा एच.ए.सहितको सेवा सुरु र जग्गाधनी लालपुर्जाको वितरण तथा शुद्ध ऐलानी जग्गा नयाँ नापी गर्ने प्रक्रिया अगाडि बढाएको विवरणहरु प्रस्तुत गरिएको थियो ।

अर्धवार्षिक समीक्षा कार्यक्रमका अध्यक्ष वडाध्यक्ष कार्कीले वडावासीको प्रश्न तथा सुझावहरु संकलनगरी जवाफ दिएका थिए । कार्यक्रम सूचना संयोजक सन्तोष राईले सञ्चालन गरेका थिए । कार्यक्रममा वडा सदस्यहरू बाबुराम चौधरी, शान्ता योङहाङ, शिवकुमारी वि.क., पूर्व वडा सदस्यहरु सिर्जना भट्टराई, मुना गजमेरको उपस्थिति रहेको थियो ।

यस्तै सो सार्वजानिक सुनुवाई कार्यक्रममा नेकपा एमालेका तर्फबाट पार्टी प्रतिनिधि वडा कमिटी सचिव पुष्प बहादुर पौडेल, नेपाली कांग्रेसबाट प्रतिनिधि वडा सभापति टिकाराम खड्का, राप्रपाबाट विरबहादुर कार्की, बुद्ध मा.विबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर खड्का, दुर्गा आभारधूतबाट टिकाराम काफ्ले, मिलन आधारभूतबाट कैलु नुनिया, सिद्देश्वर साकोसबाट व्यबस्थापक तेजिन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर