फेसबुक ह्याक गरी मेसेन्जरमा रकम माग, ई–सेवाबाट ठगी

चैत्र २५ गते, कानेपोखरी । रातको ११ : ३० बजे फेसबुक मेसेन्जरमा मेसेज आउँछ, भाई के छ ? रिप्लाई फाइन छ दाई । फेरी अर्को प्रश्न हुन्छ कता हो भाई ? रिप्लाई हुन्छ म घरमै छु, सुत्न लागेको छु । फेरी प्रश्न हुन्छ मोबाइल बैंककीङ् एप लिएको छ ? रिप्लाईमा छ तर एकाउण्डमा पैसा छैना । फेरी थुप्रै प्रश्न हुन्छ – एकजना सरको लागि फलाईटको लागि २५ हजार ई सेवामा पठाउनु पर्ने भयो, कतै बाट मेनेज गर्नु पर्र्यो । मेरो पनि ब्यालेन्स कम भयो विहानको टिकेट लिनुपर्ने प्रश्न भएपछि त्यसको रिप्लाई नै हुदैन ।

यो माथीको फेसबुक मेसेन्जरको संवाद कानेपोखरी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङ र वडा नं. ४ का दिनेश लिम्बुको थियो । लिम्बुका अनुसार रात छिपिएको कारण निदाउने प्रयासमा थिए । दाईलाई पैसाले गारो परेको भए फोन गर्नुहुन्छ भन्दै फोनको पखाईमा रहदा एकैचोटी विहान भएछ । विहान मैले बुझ्दा कसैले फेसबुक ह्याक गरेर रकम मागेको खुलेपछि दंग परेको लिम्बु बताउँछन् । यो घटना विहिबार रातीको रहेको थियो ।

कुनै ह्याकर चरण गुरुङ नामको फेसबुक ह्याक गरी मेसेन्जरमा रकमको डिल गर्ने अनि ई–सेवा आइडिबाट रकम पठाउनु भन्दै रातको ११ बजे देखी रकम माग गरेको देखिन्छ । मेसेन्जरमा हेरी नाम अनुसारको साइनो लगाएर बोल्ने अनि रकम माग गर्ने गरेको कटिङ गरेको मेसेन्जरमा देखिन्छ । ह्याकरले शुक्रबार विहान ५ बजे सम्म रकम मागेको छ ।

९८०६०७२७४६ ई सेवा नम्बर दिएपछि रात बिचमा पैसाको अभाव भएको होला भनेर दुई जनाले रकम ई सेवा गरिदिएका छन् । जीवन श्रेष्ठले २५ हजार र सागर पौडेलले ५ हजार ईसेवा गरिदिएका छन् । मेसेन्जरमा सवैलाई प्लेनको टिकेटको कुरा गरेर मागेको छ । सागर पोडेललाई १५ हजार मागेको देखिन्छ तर पौडेलले ५ हजार मात्र छ भने पछि ५ हजार पनि पठाईदिनु भनेर मागेका छन् ।

विहान काठमाडौंबाट पैसा चाहिएको हो दाई भनेर फोन आउदा मात्र फेसबुक ह्याक भएको थाहा पाएको चरण गुरुङ बताउँछन् । ४० जनालाई मेसेन्जरमा रकम माग गरेको सम्पर्कमा आएको उनी बताउँछन् । ईसेवा नम्बरमा फोन गर्दा झापा दमकको दिवस अधिकारीको रहेको त्यो एकाउण्ट पनि ह्याक गरी रकम टान्फर गरेको बुझिएको छ ।

सम्बन्धित खवर