स्थानीय खेलाडी लोकसागर साम्बा रास्ट्रिय बुद्धिचालको उपाधि नजिक

चैत्र २६ गते, पथरी । फ्रेन्डसिप चेस क्लब पथरीको आयोजनामा दोस्रा रास्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता जारी छ । खेलमा स्थानीय खेलाडी लोकसागर साम्बा दोस्रो दिनको पाँचौ चरणको खेल सकिदा सम्म ४ जीत र एक बराबरीको नतिजा निकाल्दै उपाधीमा दावेदारी प्रस्तुत गरेका छन् ।

साम्बाले तेस्रो चरणमा नेपाल च्याम्पियन पुरूषोत्तम चौलागाईँलाई बराबरीमा रोकेका थिए भने चौथो चरणमा १७९५ रेटेड चुडामणी कुलुङ राई पराजीत गरेका थिए । दोस्रो दिनको अन्तिम खेल पाँचौ चरणमा भने साम्बाले १७०७ रेटेड कमल मैनालीलाई पराजीत गरेका थिए ।

साम्बाले आज विहान छैटौँ चरणमा पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीसँग प्रतिस्पर्धा गर्नेछन् ।

पाँचौ चरणको खेल सकिदासम्म पूर्व नेपाल च्याम्पियनद्वय बद्रीलाल नेपाली, नवीन तण्डुकार र प्रकाश चन्द्र नेपाल, सतप्रतिशत जीत दर्ता गर्दै शीर्ष तीनमा रहेका छन् ।

स्थानीय खेलाडीहरू श्याम लिम्बू ( ४ अंक), उद्धवराज थापा, जीवन राई, निलम बस्नेत (३.५ अंक) लिएर खेलिरहेका छन् ।

फ्रेन्डसिप चेस क्लब पथरीको आयोजनामा रास्ट्रिय बुद्धिचाल प्रतियोगितामा चैत २३ गतेदेखि संचालन भएको थियो । यसको समापन भोली मंगलबार हुदै गरेको आयोजक डम्बर बाच्छाना राईले बताए ।

सम्बन्धित खवर