साकोस सञ्चालकहरुको ५ दिने क्षमता अभिबृद्धि तालिम समापन

 

जेठ ९, नाम्जे । मोरङको कानेपोखरी ६, मा स्थापित रमाइलो जनएकता साकोसको सञ्चालक समिति तथा कर्मचारीहरुको ५ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।

धनकुटाको नाम्जेको होमस्टेमा जेठ ४ गते विहिबार देखी सुरु भएको क्षमता अभिबृद्धि तालिम सोमबार सम्पन्न भएको हो । तालिमको निवर्तमान अध्यक्ष टंक बहादुर अधिकारीले उद्घाटन गरेका थिए भने समापन प्रदेश रजिस्ट्रार हरि बहादुर खत्रीले गरेका थिए ।

रमाइलो जनएकता साकोसको आयोजना र नेपाल बचत ऋण केन्द्रिय सहकारी संघको प्राविधिक सहयोग रहेको थियो ।

तालिममा सञ्चालक समिति र कर्मचारी गरी जम्मा ३१ जना सहभागि भएका थिए । तालिमलाई कोमल राज अधिकारी र उमेश कोइरालाले सहजिकरण गरेका थिए ।

तालिममा बितिय बजार, संचालकमा हुनु पर्ने ज्ञान, सीप र जिम्मेवारी, बजार खण्डिकरण, साकोसको लक्ष्य, साकोसका बितिय सेवाहरु, पल्स संग, ऋण लगानी तथा कानुनी आधार सम्बन्धि, मानव सम्साधन व्यवस्थापन, सुशासन लगाएत विषयमा प्रशिक्षण दिएका थिए ।

संस्था सञ्चालक समितिले तालिम सम्पन्न गर्न तीन सदस्य उपसमिति गठन गरेको थियो । उपसमितिको संयोजकमा सुनिल पराजुली, सदस्य असोक फुयाल र मनोज अधिकारी रहेका थिए ।

सम्बन्धित खवर