बाली विज्ञानका विद्यार्थीले रोपे धान, बाली विज्ञान तर्फ स्नातक तह पनि संचालनमा ल्याउने

असार १५, कानेपाेखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ मा रहेको जनसेवा माबिले २० औं राष्ट्रिय धान दिवसको अवसरमा धान रोपेर मनाएका छन् ।

शुक्रबार विद्यालयमा बाली विज्ञान तर्फ अध्ययनरत विद्यार्थीले विद्यालयकै जग्गामा धान रोेपेर धान दिवस मनाएको हो । बाली विज्ञानका तर्फ बक्षा ९ र १० का छात्राछात्रले धान रोपाइँ गरेका थिए ।

रोपाइँ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले प्राविधिक शिक्षा तर्फ गाउँपालिकामा कक्षा ९ देखी १२ सम्म बाली विज्ञान जनसेवा स्कुलमा अध्यापन भैरहेकोले यसलाई स्नातक तहको शिक्षा कानेपाेखरीमै गाउँपालिकाले व्यवस्था मिलाउने बताए । उनले कक्षा १२ सके पछि स्नातक पढ्न टाढा जानुपर्ने भएकोले स्नातक शिक्षाको व्यवस्था चाडै व्यवस्था मिलाउने बताए । बाली विज्ञान स्नातक पढ्न कानेपोखरी बाहिर गएकाहरुलाई गाउँपालिकाले प्रत्येकलाई ८० हजार देखी १ लाख १० हजार सम्म छात्रवृत्ति  प्रदान गरेको र गाउँपालिका क्षेत्रभित्रको सामुदायिक विद्यालयका कक्षा ११ र १२ को छात्राछात्रलाई पनि निशुल्क शिक्षा यसै शैक्षिक सत्रबाट प्रदान गरेको बताए ।

धान रोपाइँमा गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकरी, विद्यालयका प्रधानाध्यपक दामोदर सिग्देल, सहप्रधानाध्यापक प्रमोद निरौला, शिक्षक रामप्रसाद निरौला र बाली विज्ञानका शिक्षकहरुको उपस्थितमा धान रोपेका थिए  ।  रोपाइँ कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर