साउन २४, पथरी । पथरीशनिश्चरे नगरमा भएको २९ औं विश्व आदिवासी जनजाति दिवसको कार्यक्रममा विभिन्न जातीले आफ्नो सास्कृतिक नृत्य प्रर्दशन गरेका थिए ।
पथरीको साकेला थानमा भएको कार्यक्रममा जातीय भेषभूसा सहित सांस्कृतिक नृत्य प्रर्दशन गरेका हुन । कार्यक्रम स्थलमा भेला भई विभिन्न नारा सहितको प्लेकार्ड बोकी पथरी बजार परिक्रममा गरी कार्यक्रम स्थलमा सांस्कृतिक नृत्य गरेका थिए । धिमाल, मगर, राई, लिम्बु, नेवार, भूजेल, चौधरी, उराँव, सतार लगाएत जातीले सांस्कृतक नृत्य गरेका थिए ।
नेपाल आदिबासी जनजाति महासंघ पथरी शनिश्चरे नगर समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेपाल आदिबासी जनजाति महासंघको पूर्ब महासचिवसमेत रहेका आङ्काजी शेर्पा रहेका थिए । त्यसैगरी कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख मोहन प्रसाद तुम्वापो र अतिथि किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले पनि सम्बोधन गरेका थिए ।
कार्यक्रम सम्पन्न गर्न महासंघ नगर समन्वय समितिको अध्यक्ष देबेन्द्र वनेमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । नगरमा राई, लिम्बू, मगर, गुरुङ, धिमालमा, भुजेल, राजवंशी, थारु, नेवार, माझी, सन्थाल, उराउ, सुनुवार, याक्खा, शेर्पा, दनुवार लगायत १८ भन्दा बढी जातीहरु रहेका छन् ।