नेविसंघद्धारा ११० औं बीपी जन्मजयन्तीको अवसरमा दीप प्रज्वलन

भदौ २४, पथरी । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औं बीपी जन्मजयन्तीको अवसरमा पथरी शनिश्चरे नगरमा पनि दीप प्रज्वलन गरी नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालालाई सम्झेका छन् ।

आइतबार साँझ पथरी बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघ पथरी शनिश्चरेको आयोजनामा दिप प्रज्वलनमा सहभागीहरुले जननेता बीपीका मार्गनिर्देशन र सिद्धान्तलाई सम्झाना गरिएको हो ।

नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य नगेन्द्र सुब्बाको उपस्थितमा दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा पथरी शनिश्चरे बहुमुखी क्याम्पसका स्ववियु सभापति केशर थुलुङ, नेविसंघ केन्द्रीय सदस्य गिरीश(गोपाल ) साम्वा, मोरङ क्षेत्र नं ३ का क्षेत्रीय सचिव राजेन्द्र अधिकारी, पथरी शनिश्चरे ४ का वडाध्यक्ष लोककिरण न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली विद्यार्थी संघ पथरीशनिश्चरे नगर कार्य समिति अध्यक्ष सागर बरालको सभाध्यक्षतामा सम्पन्न भएको सभामा पथरी बहुमुखी क्याम्पसका स्ववियु सभापति केशर थुलुङले स्वागत मन्तव्य राखेका थिए । उक्त सभामा वडा नं ३ का वडाध्यक्ष विजय लिम्बु, नेविसंघका केन्द्रीय सदस्य सरोज थापा, गिरीश साम्वा, क्षेत्रीय सदस्य सुरज लिवाङ, नगर उप– सभापति सन्तोष कार्की, नगर सचिव योगराज पाठ्क लगायतका विभिन्न नेता, कार्यकर्ता, तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

उक्त दीप प्रज्वलन कार्यक्रमको संचालन स्ववियु सचिव तथा ईकाई सचिव भुपाल खतिवडाले गरेका थिए ।

सम्बन्धित खवर