एमाले प्रदेश अधिवेशनको लागि कानेपोखरीमा प्रतिनिधि छनौट सर्वसम्मत

असोज ४, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) कानेपोखरी गाउँपालिका कमिटीले प्रतिनिधिहरु सर्वसम्मत छनौट गरेको छ । एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको लागि प्रतिनिधि छनौट सहमतीमा छनौट सम्पन्न गरेको हो ।

खुल्ला तर्फ वडा नं. ६ बाट तारा बहादुर काफ्ले, वडा नं. २ बाट भेषनाथ रिजाल, वडा नं. १ बाट योगेन्द्र बस्नेत, वडा नं. ५ बाट चरण गुरुङ, वडा नं. ४ बाट शिव दुलाल र वडा नं. ७ बाट टंक घिमिरे सर्वसम्मत भएका छन् । खुल्ला तर्फ २६ जनाले उम्मेदवारी दिएका थिए ।

यी मध्ये ताराबहादुर काफ्ले, भेषनाथ रिजाल र योगेन्द्र बस्नेत वर्तमान प्रदेश सदस्य हुन ।

महिला तर्फ वडा नं. ७ बाट पदम कुमारी कार्की गुरुङ, वडा नं. ४ बाट साउनी माझी, वडा नं. ३ बाट राधा कोइराला र खिना दाहाल रहेका छन् । वडा नं. ६ का दुर्गा नेपाली र यशोदा लिम्बुले उम्मेद्वारी फिर्ता लिएपछि अन्य चारजनामा सर्वसम्मत भएका हुन ।

युवा तर्फ वडा नं. ५ बाट भुपाल श्रेष्ठ सर्वसम्मत भएका छन् । युवा तर्फ जीवन लिम्बु र सुमन थोक्लेनले उम्मेद्वारी फिर्ता लिएपछि सर्वसम्त भएको थियो ।

प्रदेश अधिवेशनको लागि असोज २ गते ९ बजेदेखि १ बजे सम्म उम्मेद्वारी दिने समय रहेको थियो । उम्मेद्वारी फिर्ता असोज ३ गते १० बजेदेखि ५ बजे सम्म रहेको थियो ।

सम्बन्धित खवर