लाखौं ठगी गरी सत्यहाङ्मा कोलनी सञ्चालक फरार

असोज १०, लेटाङ । सत्यहाङ्मा कोलनी संचालक फर्स बहादुर मगर र निर्मला (मिनाकुमारी) लिङ्देन सर्वसाधरणको लाखौं ठगेर सम्पर्क विहिन भएका छन् ।

झापाको दमक नपा. २ मा सत्यहाङ्मा कोलनी कम्पनी संचालन गर्दै आएका प्रवन्धक फर्स बहादुर मगर र निर्मला लिङ्देन सम्पर्क लाखौं रकम ठगेर सम्पर्क विहिन भएको हो । उनिहरुले जग्गा प्लटीङ् व्यवसाय सत्यहाङ्मा कोलनी कम्पनी १० बर्ष अघिदेखी दमकमा कारोबार गर्दै आएका थिए ।

सुरुवाती समयमा सत्यहाङ्मा कोलनीले दमक नपा. २ मा एउटा नमुना बस्ती बसाउँने भनी धेरै व्यक्तिहरुबाट लाखौ रकम असुल गरी अहिले फरार रहेको पीडित मध्येका लेटाङ ७ निवासी मानसिंह लिम्बु(सन्देश) बताउँछन् ।

लेटाङ नपा. का लावती सबै, पुर्ण बहादुर वाजी, पदम तुम्बापो, मिना लिङ्दम, दक्षिण बहादुर थेगिम (धनकुटा) लगाएत दमक र इलाम गरी जम्मा १ सय भन्दा बढीबाट रकम असुलेको बताएका छन् । उनिहरुले २ लाख देखि ५ लाख भन्दा बढी रकम उठाएका मानसिंह बताउँछन् ।

रकम बुझाउनेहरुको बिचल्ली मात्रै नभएर कैयौंको परिवारमा झंैझगडा सुरुभएको उनीहरु बताउँछ । पीडित सन्देश तुम्बापोले परिवारको पती पत्नी दुवै जना जागिर खान्थ्यौ र त्यसले व्याज तिर्दै आएका थियौं । तर अहिले त्यो जागिर पनि छैन, ऋण माथी ऋण थपिएको सुनाउँछ ।

पैसा फिर्ता गर्ने पटक–पटक भन ेपनि पैसा नदिएको र धेरै पटक कार्यालय धाउँदा उल्टै गाली र धम्की दिने पीडितहरु बताउँछन् ।

यस विषयमा फोन समपर्क गर्दा पनि फोन रिसिभ नगर्ने बल्लतल्ल फोन रिसिभ गर्यो भने समस्या देखाउने र छल्लो समयमा त झन उनिहरु सम्पर्क विहिन भएको बताउँछन ।

उनीहरुले विश्वासको आधारमा कसैले जग्गा लिने र कसैले पैसा नै सावाँ व्याजको रुपमा लिन पाउने र दिने सर्तमा तमसुक बनाएका थिए । कम्पनीले तमसुक बनाई नगद लिएको र पीतिहरुलाई तमसुक दिएका थिए । यस विषयमा निर्मला लिङ्देनको नम्बर ९८१७९०६२१४ र फर्स बहादुर मगरको ९८१६०२१२७२ नम्बरमा फोन गर्दा सम्र्पक हुन सकेन ।

सम्बन्धित खवर