कानेपोखरीमा अव्यवस्थित बसोबासी २६ जनाले पाए जग्गा धनीपूर्जा

२७ असोज, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाका वडा नं. ६ का २६ जना अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जाको प्रदान गरिएको छ ।

शुक्रबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा प्रमाण पत्र प्रदान गरेको हो । यस अघि रकम जम्मा नगरेर पाउन बाँकी रहेका २६ जनाले पुर्जा प्राप्त गरेका हुन् ।

कार्यक्रमका अध्यक्षता कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि भूमि आयोग मोरङ जिल्ला अध्यक्ष सुशिला घिमिरे (सामना) र भूमि आयोग मोरङ जिल्ला विज्ञ सदस्य प्रेमराज भारती, वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत र वडा नं. ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकरी लगाएतले पुर्जा वितरण गरेका थिए ।

यस अघि २०८० जेठ २८ गते आइतबार वडा नं. ६ को पहिलो ब्लकमा भूमिहीन सुकुम्बासी र भूमिहीन दलित ६२ जनालाई जग्गाको धनीपुर्जाको प्रमाण पुर्जा वितरण गरिएको थियो ।

पहिलो ब्लकमा अव्यवस्थित बसोबासी जम्मा १०२ जना छन् । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी जम्मा गरी १६४ जनाको पहिलो ब्लक बनाई काम सुरु गरेर पुर्जा प्रदान गरेको वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले बताए ।

 

सम्बन्धित खवर