पथरी बजारमा यामाहाको नयाँ सोरुम सञ्चालन

२९ असोज, पथरी । मोरङको पथरी बजारमा सुविधा सम्पन्न यामाहाको सोरुम सञ्चालनमा आएको छ । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले सोरुमको रिवन काटेर उद्घाटन गरेकका छन् ।

पथरी शनिश्चरे–१ स्थित गोर्खाडिपार्टमेन्ट स्टोरको उत्तरपटी पिएमसी अटोट्रेडर्स सोरुम सञ्चालनमा आएको हो । त्यहाँ विश्वकै सार्वधिक लोकप्रिय कम्पनी यामाहाबाट निर्मित मोटरसाइकल र स्कुटी विक्री बितरण गरिने संचालक मानबहादुर श्रेष्ठले बताएका छन् ।

पिएमसी अट्टो टे«डर्स कम्पनी व्यापारी मानबहादुर श्रेष्ठले सञ्चालन सुरु गरेका छन् । सोरुममा सुविधा सम्पन्न मोटर अट्टो वर्कसप रहेको छ । उद्घाटनको दिन स्कुटर खरिद गर्ने जुन प्रधान र सागर पौडेललाई संचालक मानबहादुर श्रेष्ठले कार्यक्रममै चावी हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्बापो, विशिष्ट अतिथि वडा नम्बर १ का वडा अध्यक्ष भिम राई, एमाले प्रदेश सदस्य देवराज भण्डारी, समाज सेवी पर्शु मिश्र, दिपक रौनियार, हरि दाहाल, वडा नं. ७ का पूर्व अध्यक्ष कपिलमणि ढकाल लगाएतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम संचालन शान्ति पाख्रिनले गरेकी थिइन् ।

 

सम्बन्धित खवर