अख्तियार प्रमुख आयुक्तमा राई सिफारिस हुँदै

मंसिर ३० गते, काठमाडौँ । अध्यादेशमार्फत ऐन संशोधन गरेको केही घण्टा पनि बित्न नपाउँदै संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व सचिव प्रेम राईलाई सिफारिस गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा सभामुख र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपस्थिति नभए पनि राईलाई सिफारिस गर्ने तयारी भएको स्रोतले जानकारी दियो ।

अध्यादेशबाट ऐन संशोधनपछि परिषद्को बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र राईलाई प्रमुख आयुक्त सिफारिस गर्ने भएको हो ।

नेपाल प्रहरीका पूर्वएआइजी जयबहादुर चन्दलाई आयुक्तमा सिफारिस गर्ने तयारी गरिए पनि कांग्रेसले बैठक बहिस्कार गर्ने भएपछि उनको भविष्य अन्योलमा परेको छ ।

आयोगमा प्रमुख आयुक्तसहित दुईजना आयुक्त पद खाली थियो । परिषद बैठकमा सभामुख सापकोटा नगएपछि सरकारले मंगलबार दिउँसो आकस्मिक रुपमा अध्यादेशमाफर्त संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गरेको छ । पाथीभरा पोष्टबाट

सम्बन्धित खवर