पथरीमा कोरोना संक्रमितलाई घरघरमा स्वास्य सामग्री प्रदान

भदौ ७ गते, पथरी । कारितास नेपालमार्फत पथरीशनिश्चरे नगरपालिकाले संक्रमण भएको १० दिन भित्रका कोरोना संक्रमितलाई घरघरमा भेट्दै स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्य सामग्री प्रदान गर्ने कार्यक्रममा सोमबार वडा नम्बर ५,६ र ७ मा गएर स्वस्थ्य सामग्री प्रदान गरेको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यपालिका सदस्य मैनाकुमारी राई लिम्बू, ७ नम्बर वडा सदस्य विर्खबहादुर पिठाकोटे मगर (विरोज), स्वास्थ्य शाखाका जगतप्रसाद मगर, कारितास नेपाल दमकका गोविन्दराज कट्टेल, सीमा खड्का सहितले सामग्री वितरण गरेको हो । अव बाँकी रहेको वडा नम्बर ४, ८ र ९ मा वुधबार सामग्री वितरण गरिने छ ।

कारितास इन्टरनेशनलको सहयोगमा कारितास नेपाल दमकमार्फत संक्रमितहरुलाई घर घरमा गएर भेटी आत्मबल बढाउन र स्वास्थ्य मापदण्ड पुरा गरी संक्रमणमुक्त वन्न सीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य सामग्री वितरण कार्य गरिएको हो ।

जसमा, २ वटा सेनिटाइजर, २ प्याकेज सर्जिकल मास्क, १ प्याकेट ग्लोब्स, एउटा ह्याण्ड वास, एउटा पल्स अक्सिमिटर, एउटा डिजिटल थर्ममिटर र सिटामोल सहितको प्याकेज रहेको किड वितरण भएको छ । सामग्री सहित घर घरमा जनप्रतिनिधि आएर आत्मबल बढाउँदा संक्रमितहरु खुसी बनेका छन् ।

 

सम्बन्धित खवर