सोमवार, असार १, २०८३

सिरिजातपर्वको अवसरमा कानेपोखरीमा स्थानीय बिदा

१ असार, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले धिमाल समुदायको सांस्कृतिक पर्व सिरिजात पर्वको अवसरमा असार ३ गते स्थानीय बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष राजमती इङ्नामद्वारा जारी सूचनाअनुसार किराँत धर्मावलम्बीहरूको आस्था, संस्कृति र परम्परासँग जोडिएको उक्त पर्वलाई सम्मान गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूमा एक दिन सार्वजनिक बिदा दिने निर्ण गरेको हो ।

सिरिजात पर्व धिमाल समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग गाँसिएको महत्वपूर्ण पर्व भएकाले यसको संरक्षण, संवद्र्धन र सम्मानका लागि बिदा दिइएको उल्लेख गरिएको छ ।

गाउँपालिकाले स्थानीय समुदायबीच सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी भाइचाराको भावना अभिवृद्धि गर्न पर्वले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नागरिकमा शुभकामना समेत व्यक्त गरेको छ ।

त्यस्तै पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, बेलबारी नगरपालिकाले पनि धिमाल समुदायको सांस्कृतिक पर्व सिरिजात पर्वको अवसरमा असार ३ गते स्थानीय बिदा दिने निर्णय गरेको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.