
९ असार, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ स्थित जनसेवा माविको सभाहलमा दुई दिने रेफ्री तालिम तथा सेमिनार कोर्ष सम्पन्न भएको छ ।
कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघको आयोजना, कानेपोखरी गाउँपालिकाको सहयोग र मोरङ जिल्ला सि.एच.आईटिएफ तेक्वान्दो संघको व्यवस्थापनमा दुई दिने कोशी प्रदेश स्तरीय रेफ्री तालिम तथा सेमिनार कोर्ष सम्पन्न भएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी रहेका थिए । त्यस्तै विशिष्ट अतिथि वडा अध्यक्ष खड्ग बस्नेत, विशिष्ट अतिथि नेपाल सि.एच. आईटिएफ तेक्वान्दो महासंघ केन्द्रिय उपाध्यक्ष आस्मा श्रेष्ठ, विशिष्ट अतिथि विशिष्ट अतिथि नेपाल सि.एच. आईटिएफ तेक्वान्दो महासंघ केन्द्रिय उपाध्यक्ष नितेन कुमार रौनियार रहेका थिए ।
त्यस्तै अतिथिहरु कार्यपालिका सदस्य सुशिला श्रेष्ठ, भक्तपुुर जिल्ला अध्यक्ष विकेश श्रेष्ठ, मोरङ सि.एच.आईटिएफ तेक्वान्दोका अध्यक्ष विद्यानन्द चौधरी, जनसेवा माविका प्रधानाध्यापक प्रमोद निरौला, सिंह देवी माविका प्रधानाध्यापक धर्मराज थापा, रमाइलो जेसिज उपाध्यक्ष अर्जुन कोइराला, कानेपोखरी स्काउट समितिका संयोजक होम न्यौपाने, पर्ल एकेडेमी प्लस्टु ब्लक तथा अलसोलुसन प्रा.लि.का निर्देशक होमकुमार मोते, पत्रकार केदार चौहान, नेपाल पत्रकार महासंघ मोरङ पूर्व कार्यवाहक अध्यक्ष मोहन भट्टराई लगाएत अतिथि रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, विशिष्ट अतिथि वडा अध्यक्ष खड्ग बस्नेत, विशिष्ट अतिथि विशिष्ट अतिथि नेपाल सि.एच. आईटिएफ तेक्वान्दो महासंघ केन्द्रिय उपाध्यक्ष नितेन कुमार रौनियार, सिंह देवी माविका प्रधानाध्यापक धर्मराज थापा, कानेपोखरी स्काउट समितिका संयोजक होम न्यौपानले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा ६२ जना सेमिनार कोर्ष तालिम लिने खेलाडी र रेफ्री तालिममा ए, बी र सी लेभलका १० जना ब्लाक बेल्ट, ब्लाक बेल्ट २ डान र ३ डानले रेफ्री तालिम लिएका थिए । तालिममा सहभागिहरुलाई कार्यक्रमको प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले प्रमाण–पत्र प्रदान गरेका थिए ।
दुई दिने कोशी प्रदेश स्तरीय रेफ्री तालिम तथा सेमिनार कोर्ष तालिमलाई भक्तपुर जिल्लाकी (५ डान)आस्मा श्रेष्ठ र नवलपरासीका (५ डान) नितेन कुमार रौनियारले सहजिकरण गरेका थिए ।
कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघको अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलको अध्यक्षतामा, स्वागत मन्तव्य संघका उपाध्यक्ष अशोक फुयल र कार्यक्रम संचालन सचिव दिनेश सुब्बाले गरेका थिए ।




