
१ असार, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकाको आयोजना र कानेपोखरी मिडिया प्रा.लिको सहकार्यमा तीन दिने कानूनी परामर्श तालिम सम्पन्न भएको छ ।
वडा नं. ६ स्थित रमाइलो जनएकता सभाहलमा आइतबार समापन भएको हो । समापन कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी रहेका थिए । त्यस्तै अतिथिहरुमा वडा अध्यक्ष गोपालबहादुर कार्की, कार्यपालिका सदस्य सुशिला श्रेष्ठ, प्रमिला परियार, साउनी माझी, न्यायिक समिति सदस्य दुर्गा नेपाली, वडा सदस्यहरु लगाएत उपस्थित रहेका थिए ।
न्यायिक समिति सदस्य रखिलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, वडा अध्यक्ष गोपालबहादुर कार्की, कार्यपालिका सदस्य सुशिला श्रेष्ठ, न्यायिक समिति सदस्य दुर्गा नेपाली र सहजकर्ता अधिवक्क्ता बिष्णुकुमारी तामाङले मन्तव्य राखेका थिए ।

त्यस्तै सहभागिहरुको तर्फबाट चन्द्र खड्का, युवराज दवाडी साथै बाल क्लबमा आवद्ध समिप बस्नेत, इशान्त तामाङ, प्रकृति अधिकारी, सम्यक राजवंशी लगाएत बालबालिकाले आफ्नो कुरा राखेका थिए ।
तीन दिने तालिमलाई अधिवक्ता हरि बहादुर बराल र अधिवक्ता बिष्णुकुमारी तामाङले सहजिकरण गरेका थिए । तालिममा बालबालिका सम्बन्धि हक, अधिकार, सजाय र समाजमा सुरक्षित कसरी रहने सम्बन्धि प्रस्तुती गरिएको थियो । गाउँपालिका, वडामा कसरी मेलमिलाप गराउने, कसरी दुईपक्षसँग कुराकानी गर्ने भन्ने बारेमा प्रस्तुती गरिएको थियो ।

तीन दिने कार्यक्रममा पालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, न्यायिक समिति, वडा सदस्य, मेलमिलाप कर्ताहरु र बाल क्लबका बालबालिकाहरु उपस्थित रहेका थिए ।
शिक्षा सदन माध्यामिक विद्याल, जनता आधारभूत विद्यालय, जनकल्याण माध्यामिक विद्यालय, जनसेवा माध्यामिक विद्याल र जेनिथ इङ्लिस स्कुलबम बालक्लबका बालबालिकाहरु साथै पर्लएकेडेमी इङ्लि स्कुलका कक्षा १२ का विद्यार्थी उपस्थित रहेका थिए ।




