एमाले नेता बास्कोटामाथि आक्रमण

फागुन २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे १०, निवासी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेता युवराज बास्कोटामाथि  आक्रमण भएको छ ।

सोमबार पथरीशनिश्चरे नगरपालिकाले पथरी बहुमुखी क्याम्पसमा आयोजना गरेको १११ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवशको कार्यक्रममै महिलाहरुले आक्रमण गरेका हो । कार्यक्रमासोही वडाको जिरिखिम्ती टोलकी राधिका भण्डारी सहितका महिलाहरुको समूहले बास्कोटामाथि आक्रमण गरेका थिए । कार्यक्रमस्थलमा अबेर पुगेका बास्कोटालाई भित्र पस्नासाथ भण्डारीले पहिले आफ्नो हाते ब्यागले आक्रमण गरेपछि कार्यक्रममा भेला भएका सोही टोलका महिलाहरुले कार्यक्रमस्थलको कुर्सीले प्रहार गरेका थिए । सामुहिक आक्रमणबाट बास्कोटाको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । बास्कोटा पार्टीको प्रदेश सदस्य हुँदै ओली पक्षबाट भखरै केन्द्रिय सदस्य बनेका थिए ।

घटनालगत्तै प्रहरीले वास्कोटालाई सुरक्षाका लागि इलाका प्रहरी कार्यालय पुर्याएको थियो । भण्डारीले बास्कोटाको घरमा आफ्नो छोरा सञ्जीवको रहस्यमयढंगले मृत्यु भएको र वास्कोटा नै त्यसको दोषी भन्दै आक्रमण गरेकी थिइन् । त्यसअघि उनले कार्यक्रममा आफुले पनि केही कुरा बोल्न बारम्बार माग गरेपछि उनलाई बोल्न दिइएको थियो । उनले वास्कोटाको नाम तोकेर छोराको मृत्युको घटनाको चाँडो अनुसन्धान सक्नु पर्ने मन्तव्य राखेकी थिइन् । त्यसपछि नगर प्रमुख दिलीपकुमार राईले सो घटनामा नगरले प्रहरीलाई सत्यतथ्य अनुसन्धान गर्न अनुरोध गरेको, प्रहरीले भिसेराको रिपोर्ट आउन बाँकी रहेको उल्लेख गरेको जनाउँदै सो घटनाका सम्बन्धमा आफुहरुले सहयोग पुर्याउने बताएका थिए । नगर प्रमुखको मन्तव्य सकिनासाथ कार्यक्रको निम्तो मान्न कार्यक्रमस्थल आइपुगेका बास्कोटालाई अकस्मात सामुहिक आक्रमण भएको थियो ।

वास्कोटाले भनें बारम्बार आफ्नो घरमा आएर बस्ने गरेको पारिवारिक सदस्य सरह रहेको सञ्जीवको निधनले आफुलाई दुःखी तुल्याएको र सोको अनुसन्धानमा आफु बाधक नहुने बताउँदै आएका थिए । तर आफुमाथि सामाजिक सञ्जाल, युट्युव साहितका सञ्चारमाध्यममा बारम्बार मानमर्दन गर्ने काम भइरहेको अवस्थामा आफुमाथि सांघातिक आक्रमण नै हुन थालेपछि आफु असुरक्षित भएको उनले बताउँर्दै सुरक्षाको माग गरेका छन् ।

इलाका प्रहरी प्रमुख डीएसपी कृष्ण खड्काले बास्कोटालाई निगरानीमा राखेर घटनाको सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताउँदै भिसेरा रिपोर्ट आएपछि अनुसन्धान टुंगिने बताएका छन् । मृतकका आफन्तहरुले भनें प्रहरीले वास्कोटालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने जिकिर गर्दै किटानी जाहेरी दिएका छन् । उनीहरुले यसअघि इलाका प्रहरी कार्यालय परिसरमा पनि नाराबाजी गर्दै वास्कोटालाई पक्राउ गर्न माग गरेका थिए ।

१९ वर्षीय बालअधिकारकर्मी भण्डारी बारम्बार बास्कोटाकोमा गएर बस्ने क्रममा वास्कोटाको घरमा पुस १४ गते विहान सुतेको ठाउँमा मृत अवस्थामा भेटिएका थिए । प्रारम्भिक घटनामा त्यस्तो केही चोटपटक नदेखिएको अवस्था रहेपछि पोष्टमार्टम गरेर परिवारले भोलीपल्ट शव दाहसंस्कार गरेका थिए । पोष्टमार्टम रिपोर्टमा टाउकोको पछाडीको नशा चुडिएर मृत्यु भएको उल्लेख भएपनि भिसेराको रिपोर्ट भनें आउन बाँकी रहेको छ ।

सम्बन्धित खवर