प्रिमियर लिगमा टेन नवोदय बिजयी

पुस १ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिगको खेलमा टेन्स नवोदय फुटबल क्बल विजयी भएका छन् ।

बुधबार भएको खेलमा वाईजीएफटी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै टेन नवोदय बिजयी भएको हो । खेलको जितसँगै नवोदयले पनि लिगमा ६ अंक बनाएको छ । यस अघिको खेलमा सिरिजंगाले ६ अंक बनाएको थियो ।

टेन नवोदयको लागि खेल सुरु भएको १६ औ मिनेटमा घनश्यम चौहानले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच टेन नवोदयका गोल रक्षक अर्जुन बस्नेत घोषित भए । बिहिबारको दोस्रो चरणको अन्तिम खेल देवीगञ्ज फुटबल क्बल र द रियल ब्रोदर एफसी बिच हुने आयोजक कमिटिका संयोजक संजिव गिरीले बताए ।

आजसम्मको खेलमा सिरिजंगा ६, हिमाअस हाइवेको २ अंक छ भने वाईजिएफटी, द रियल ब्रोदर, शिखर एफसी र हेरिका न्युस्टारको १–१ अंक रहेको छ । दुई खेल खेल्न बाँकी रहेको देबिगन्ज हालसम्म ० अंक रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

 

सम्बन्धित खवर