कानेपोखरीमा तेक्वाण्डो खेलाडी उत्पादन गर्दै आइटीएफ

असार २१ गते, कानेपोखरी । तीन महिना अघि तेक्वाण्डो खेल सुरु गरेको आइटिएफ तेक्वाण्डो कानेपोखरीले नयाँ खेलाडी उत्पादनमा अग्रसर देखिएको छ ।

आइटिएफ कानेपोखरीले भखरै तीन दिने आधरभूत तेक्वाण्डो तालिम सम्पन्न गरेको छ । तीन दिन सम्म चलेको तालिममा ६१ जना तेक्वाण्डो खेलाडीहरूको सहभागिता रहेको आइटिएफ कानेपोखरीका अध्यक्ष युवराज भुजेलले बताए ।

नेपाल राष्ट्रिय मार्शलआट गेम्म महासंघका केन्द्रीय अध्यक्ष तथा आइटीएफ तेक्वाण्डोका प्रदेश १ का अध्यक्ष प्रबिण कार्की, केन्द्रीय सदस्य चर्तुरलाल चौधरी, प्रदेश महासचिब नविन तामाङ्गले तीन दिन सम्म प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा बोल्दै कानेपोखरी गाउँपालिका – ६ का वडाअध्यक्ष खड्ग बहादुर बस्नेतले खेलकुद क्षेत्रको विकासमा स्थानिय सरकार लागि परेको बताए । त्यसैगरी नेपाल राष्ट्रिय मार्शलआट गेम्म महासंघका केन्द्रीय अध्यक्ष तथा आइटीएफ तेक्वाण्डोका प्रदेशका अध्यक्ष कार्कीले खेलकुद क्षेत्रको विकास गर्न तीन तहको सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य कुमार फुयल पनि अतिथि रहेका थिए । कार्यक्रम संचालन एविन पाठकले गरेका थिए । तेक्वाण्डो खेल प्रति अभिरूची बढाउनुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले कानेपोखरी तेक्वाण्डो कार्यसमितिले तालिम आयोजना गरेको हो ।

सम्बन्धित खवर