वडा नंं. १ लाई पराजित गर्दै ३ नं. वडा सेमीफाइनलमा प्रवेश

असोज २३ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिमा जारी ६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा ३ नं. वडा विजय हुँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा वडा नं. १ लाई शुन्यको विरुद्ध २ गोल गर्दै वडा नं ३ सेमीफाइनलमा पुगेको हो । खेलको मध्यान्तर पछि वडा नंं ३ को तर्फबाट अभिषेक लिम्बु र सुनिल लिम्बुले १–१ गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच वडा नं. ३ का प्रविन काफ्ले घोषित भए । आज शनिबारको खेल वडा नं. ६ र ७ का बिच हुने खेल संयोजक अशोक फुयलले जनाए ।

 

 

सम्बन्धित खवर