कानेपोखरीका महिला उद्यमी समूहलाई ९ वटा विऊ बोका वितरण

जेठ २९ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारीमा महिला उद्यमी समूहलाई ९ वटा विऊ बोका वितरण गरेको छ ।

अभियान नेपालको आयोजनामा आइतबार पालिकाको ७ वटै वडामा गएर ९ वटा महिला उद्यमी समूहलाई ३ लाख ७९ हजार बराबरको ९ वटा सिरोही जमुना पारी(बोयर क्रस) बोका निःशुल्क वितरण गरेको हो । साझेदारीमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तरगत बोका वितरण गरिएको थियो । कार्यक्रममा प्रत्येक वडाका वडाध्यक्ष र सदस्यहरुको हातबाट बोका हस्तान्तरण गरिएको थियो ।

वडा नं. १ को सयपत्री महिला उद्यमी समूह, २ नम्बरको ढिकुवा महिला समूह र मिलिजुली महिला समूह, ३ नम्बरको सप्तकोशी महिला समूह, ४ नम्बरको उज्जवल भविश्य महिला समूह, ५ नम्बरको सिंहदेवी महिला समूह र राधाकृष्ण महिला समूह, ६ नम्बरको मनकामना महिला समूह र वडा नम्बर ७ को प्रगतिशिल महिला समूहलाई विऊ बोका वितरण गरेको अभियान नेपालकी सामुदायिक सहकर्ता अन्जुला श्रेष्ठले बताइन् ।

पालिकाको १,३,४,६ र ७ एक– एक वटा र वडा नं. २ र ५ मा दुई –दुई वटा महिला उद्यमी मुल समूह गठन भएको छ । हेफर प्रोजेक्ट नेपालबाट कार्यक्रम अधिकृत पुष्करराज पौडेल र अभियान नेपालबाट कार्यक्रमा संयोजक हेम श्रेष्ठ उपस्थित रहेका थिए ।

सम्बन्धित खवर