शनिबार, भदौ २८, २०८२

पथरीको होटलमा प्रहरीको छापा, नाल्बो होटलबाट एक जोडी पक्राउ

३१ साउन, मोरङ । मोरङको पथरी शनिश्चरे –१ स्थित पथरी बजारको होटलबाट प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीले शनिबार साँझ पथरीको नाल्बो होटलमा छापा मार्दा यौन धन्दामा संलग्न एकजोडीलाई पक्राउ गरेको हो । पूर्वपश्चिम सडकको १० वटा होटलमा प्रहरीले छापा मारेको थियो । यौन धन्दामा संलग्न अन्य धेरै भेटेपनि सोधपुच्छ गरी छाडिएको प्रहरीले बताएका छन् ।

पक्राउ परेका जोडी नाबालिका रहेकोले अनुसन्धान भैरेको र पथरीको होटलमा यौनधन्दा चल्ने सूचना आएपछि छापा मारेको डिएसपी तुलसीराम अर्यालले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.