८ भदौ, मोरङ । मोरङको कानेपोखरी ४ स्थित बयरवन बजारमा स्थापना भएको ब्रह्माकुमारी उप–सेवा केन्द्रले गरेको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ ।
शनिबार कानेपोखरी अस्पतालको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ७५ जना व्यक्तिहरुले रगत दान गरेका थिए । विश्व बंधुन्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणिज्यूको १८ औं पुण्य तिथिमा अन्तराष्ट्रिय रक्तदान कार्यक्रम आयोजना गरेको अर्जुन थपलियाले बताए । यो रक्तदान विश्वभरी एकैदिन अभियानको रुपमा संचालन गरिएको थियो । अर्जुन थपलिया ब्रह्माकुमारी उप–सेवा केन्द्र कानेपोखरीका संस्थापक हुन् ।
रक्तदान कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, विशिष्ट अतिथि उपाध्यक्ष भोला प्रसाद अधिकारी, अतिथिहरु वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, कानेपोखरी अस्पाल प्रमुख डा. अभिजित खड्का, कानेपोखरी अस्पताल प्रशासन प्रमुख रोहिन्द्रराज भण्डारी, नगेन्द्र बस्नेत लगाएत रहेका थिए ।
कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, कानेपोखरी अस्पाल प्रमुख डा. अभिजित खड्का, कानेपोखरी अस्पताल प्रशासन प्रमुख रोहिन्द्रराज भण्डारी, संघसंस्थाका प्रतिनिधि साथै विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले रगत दान गरेका थिए ।
कार्यक्रममा सहभागीले नियमित रक्तदानले समाजमा अमूल्य योगदान पु¥याउनुका साथै स्वास्थ्यका लागि पनि लाभदायी हुने बताउँदै निरन्तर रक्तदानमा संलग्न रहनुपर्नेमा जोड दिएका थिए ।
ब्रह्माकुमारी उप–सेवा केन्द्र कानेपोखरीले समाजसेवा, जनचेतना र मानव कल्याणका उद्देश्यसहित नियमितरूपमा रक्तदान, योग तथा आत्मपरिवर्तनसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।