२५ साउन, मोरङ । मोरङको पथरी शनिश्चे नगरमा रहेको रेडस्टार अंग्रेजी बोर्डिङ स्कुलले कक्षा १२ मा नेपाल प्रथम हुने विद्यार्थीहरुलाई नगद ५० हजार प्रदान गरेको छ ।
२०८२ को कक्षा १२ को परिक्षामा ३.९६ जिपिए ल्याई नेपाल प्रथम बन्न सफल विद्यार्थीद्वय चन्दन साह र प्रविण कट्टेललाई नगद रु. ५० हजार सहित प्रदान गरेको हो ।
पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापो र विद्यालयका प्रिन्सिपल टिएन तिम्सिनाले एक कार्यक्रम बीच दुवैजनालाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए ।
त्यस्तै सबै विषय समूह मध्ये सर्वाेत्कृष्ट ३.९२ जिपिए ल्याउन सफल मनिषा पोखरेल र प्रमिश रिजाललाई पनि सम्मान गरिएको थियो ।
रेडस्टारबाट कक्षा १२ को परीक्षामा सहभागी कूल २ सय ७० परीक्षा मध्ये २ सय ६२ जना (९७.०४%) ग्रेडेड र ८ जना ननग्रेडेड भएका छन् । नतिजा अनुसार ३१ जनाले ३.६ भन्दा माथि, १२७ जनाले ३.२ भन्दा माथि, ८९ जनाले २.८ भन्दा माथि र १५ जनाले २.४ भन्दा माथि जिपिए प्राप्त गर्न सफल भएका छन् ।
विद्यालयले गत वर्षको एस.ई.ई.को नतिजामा जम्मा १८६ जनाको ४ जिपिए आउँदै गर्दा विद्यालयका सतिश आचार्य र अजय लिम्बुले ४ जिपिए प्राप्त गरेको थियो । यसै वर्षको प्रकाशित बीबीएस प्रथम वर्षको नजितामा पनि छात्रा कृतिका भट्टराईले ७६.८० प्रतिशत अंक प्राप्त गर्दै यस क्षेत्रमै अब्बल सावित गरेकी थिइन् ।