बुधबार, अशोज २९, २०८२

किर्तिपुर अस्थायी प्रहरी पोष्टलाई पूर्जा हस्तान्तरण

२३ साउन, मोरङ । पथरी शनिश्चरे ७ स्थित किर्तिपुरमा किर्तिपुर अस्थायी प्रहरी पोष्टलाई पूर्जा हस्तान्तरण गरिएको छ ।

विहिबार एक कार्यक्रमको आयोजना गरी किर्तिपुर अस्थायी प्रहरी पोष्टलाई जग्गा खोजविन समितिले पूर्जा हस्तान्तरण गरेको हो । कार्यक्रममा जग्गादाताद्वय नरेन्द्रबहादुर थापा र चन्द्रबहादु केसीले ३ कठ्ठा जग्गाको पूर्जा जग्गा खोजविन समिति मार्फत हस्तान्तरण गरिएको थियो ।

पथरी शनिश्चरे नगर प्रमु्ख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोरङ जिल्ला प्रमुख अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख नारायणप्रसाद चिमोरिया, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुलसीराम अर्याल लगायतको उपस्थिति रहेको थियो ।

जग्गा खोजविन समितिको अध्यक्ष कपिलमणी ढकालको अध्यक्षतामा भएको सो कार्यक्रम अस्थायी प्रहरी पोष्ट जग्गा खोजविन समितिका सचिव विरोज मगरले सञ्चालन गरेका थिए । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत र वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, नगर प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष नविन कार्की, वडा नं. ६ का वडाध्यक्ष कृष्ण बस्नेत, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का र वडा सदस्यहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.