शनिबार, भदौ २८, २०८२

कानेपोखरी गाउँपालिकाद्धारा कोलटोल र झरना घुट्टुका ४१ विपन्न परिवारलाई घर हस्तान्तरण

 

१४ भदौ, मोरङ । कानेपोखरी गाउँपालिकाले वडा नं. १ को झरना घुट्टु र वडा नं. ३ को कोल टोलका ४१ विपन्न परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरेको छ ।

शनिबार वडा नं. १ को झरना घुट्टु र वडा नं. ३ को कोल टोलमा छुट्टा छुटै कार्यक्रमको आयोजना गरी नयाँ घर हस्तान्तरण गरेको हो । झरना घुट्टुमा ११ घरपरिवार र कोल टोलमा ३० घरपरिवारलाई घर हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मोरङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति ऋिषिकेश पोख्रेल, विशिष्ट कोशी प्रदेश सभा सदस्य लिलाबल्ब अधिकारीले रिवन काटी चाबी हस्तान्तरण गरेका थिए । कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव, वडा अध्यक्षहरु चरण गुरुङ, रत्नबहादुर कार्की, रमेश राउत, गोपाल बहादुर कार्की, कार्यपालिका सदस्य शुशिला श्रेष्ठ, वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थितमा घर हस्तान्तरण गरेका थिए ।

 

कानेपोखरी गाउँपालिका, साहारा नेपाल र ह्याविट्याट नेपालको सहकार्यमा ४१ घर निर्माण सप्पन्न गरिएको थियो । आवासहरु २ करोड २८ लाख १ हजार ३ सय ३० रुपैयाँको लागतमा निर्माण भएका हो । प्रति घर ५ लाख ५६ हजार १३० रुपैँयाको लागतमा निर्माण भएको हो ।

आर्थिक वर्ष २०८१÷०८२ को कार्यक्रम अन्तरगत ४१ घर निर्माण गरिएको र यो आर्थिक वर्षमा १ वटा घर निर्माण गरिने गाउँपालिका अध्यक्ष राजमति इङ्नामले बताइन् । दुईवटा ठुला ठुला कोठा भएको एक तला घर, अगाडी बरण्डा भएको, छुट्टै भान्सा कोटा र छुट्टै शौचालय भएको घर निर्माण गरिएको हो ।

सो कार्यक्रम अन्तरर्गत जम्मा ११३ वटा घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको गाउँपालिकाको तथ्याङ्कले देखाउँछ । सञ्चालन गाउँपालिका प्रशासन अधिकृत मचिन्द्र लिम्बुले गरेका थिए ।

तस्विरहरु : विवेक खतिवडा

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.