शनिबार, भदौ २८, २०८२

वडा नं. ६ को तीज विशेष कार्यक्रम : नृत्य, गीत, नाटक प्रतियोगिता

११ भदौ, मोरङ । कानेपोखरी गाउँपालिका वडा न –६ ले ‘तीज विशेष’ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार भएको कार्यक्रममा नृत्य, गीत, नाटक र खेलहरुको प्रतियोगिता गरी सम्पन्न गरेको हो ।

महिलाहरुको सांस्कृतिक पर्व ‘तीज विशेष’ कार्यक्रममा नृत्य, गीत, नाटक र खेलहरुमा प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।

सामूहिक नृत्यमा नवदुर्गा कृर्तन समूह प्रथम भएका थिए भने गौरीशंखर कृतन मण्डली द्धितीय र शिवालय कृतन मण्डली तृतीय भएका थिए । प्रथम हुनेले ३५ सय, द्धितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजार पुरस्कार प्राप्त गरेका थिए ।

त्यस्तै गायनमा रमाइलो आमा समूह प्रथम हुदै ३५ सय पुरस्कार प्राप्त गरेका थिए । नाटकमा लक्ष्मिनारायण कृर्तन मण्डलीले ५ हजार पुरस्कार पाएका थिए । त्यस्तै पानी भर्ने खेलमा अनु खडका प्रथम १ हजार, देवी अधिकारी दोस्रो ८ सय र समिक्षा योगि तेस्रो ५ सय पुरस्कार प्राप्त गरेकी थिइन् ।

संगिनीमा कालिकोशी कृर्तन मण्डली प्रथम ३ हजार र पाथीभरा कृर्तन मण्डली द्धितीय २ हजार पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै एकल गायनमा शिवकुमार माझीले ५ सय नगद पुरस्कार प्राप्त गरेका थिए ।

प्रथम, द्धितीय र तृतीय हुने सबैलाई कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी र वडा अध्यक्ष खड्ग बस्नेतले पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतियोगिताको निर्णायक समितिमा अनिता पौड्याल, एविन पाठक, बिष्णु पौडेल र भोला भट्टराई रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव, अतिथिहरु वडा नं. ७ का वडा अध्यक्ष मोहनप्रसाद अधिकारी, रमाइलो जनएकता साकोसका अध्यक्ष त्रिभूनाथ फुयलले तीजको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभाध्यक्ष वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत रहेका थिए भने कार्यक्रम सञ्चालन वडा सदस्य तथा कार्यपालिका सदस्य सुशीला श्रेष्ठले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य तथा न्यायिक समिति सदस्य दुर्गा नेपालीले गरेकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.