बुधबार, कार्तिक २६, २०८२

साना किसानद्धारा १ दर्जन सेयर सदस्यलाई सम्मान, साढें ८९ लाख आम्दानी

पुस ३ गते, कानेपोखरी । मोरङ कानेपोखरी–६, रमाइलोमा स्थापना भएको साना किसान कृषि सहकारी संस्थाद्धारा १ दर्जन सेयर सदस्यहरु सम्मान तथा पुरस्कृत भएका छन् ।

शनिबार सम्पन्न संस्थाको सातौं बार्षिक साधारणमा सेयर सदस्यहरु सम्मान तथा पुरस्कृत भएको हो । कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारी, विशिष्ट अतिथिहरु राजेन्द्र साप्कोटा र दिपकराज पाण्डेले सेयर सदस्यहरुलाई पुरस्कृत तथा सम्मान गरेका थिए ।

सम्मानित हुनेहरुमा समूह विस्तारगर्ने सुस्मा कुमारी चौधरी, समूह नंं. ५५ को उत्कृष्ट समूह, मासुजन्यमा भोलामान लिम्बु, दधजन्यमा जानुका पोख्रेल, बाल बचतमा सर्जक कार्की, उत्कृष्ठ ऋणीमा रमा मगर, लिला कार्की राउत र नरमाया वि.क रहेका छन् ।

त्यसैगरी पुरस्कृत हुनेहरुमा श्विानि धिमाल, जानुका धिमाल, सिता धिकाल र बवित धिमाल रहेका छन् ।

संस्थाले यस आर्थिक बर्षमा ११ लाख, ६२ हजर, २ सय ४७ रुपैया शुद्ध बचत गरेको छ । गत बर्ष १९ लाख, ४ हजार, ३ सय ६८ रुपैया शुद्ध बचत गरेको थियो ।

आर्थिक बर्ष २०७८÷०७९ मा संस्थाको कुल आम्दानी रु ८९ लाख ३९ हजार ६ सय ६७ रुयैया रहेको छ । आगामी आर्थिक बर्षमा संस्थाले १ करोड १९ लाख ९२ हजार ३ सय ५६ रुपैया आम्दानी पुर्याउने लक्ष्य राखेको छ ।

संस्थाले यस आर्थिक बर्षमा ४ करोड, ५६ लाख, २६ हजार, ५ सय ऋण लगानी गरेको छ । यस अघि ३ करोड ८१ लाख ७५ हजार १ सय ९ रुपैया ऋण लगानी गरेको थियो ।

कार्यक्रममा बार्षिक प्रगती प्रतिवेदन तथा कार्ययोजना संस्थाकी अध्यक्ष कल्पना भण्डारीले र आर्थिक बर्ष २०७८÷०८० को प्रगति एवं आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम संस्थाकी प्रबन्धक बिमला बिष्टले प्रस्तुत गरेकी थिइन । त्यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णुमाया फुयलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अन्य अतिथिहरु वडा नं.६ का वडा अध्यक्ष खड्ग बस्नेत, न्यु देउराली कृषि सहकारी संस्थाका नवराज कटुवाल, दिगोपन सामाजिक उधमी महिला सहकारी संस्थाका स्वस्तिका फुयाल, मातृभूमि कृषि सहकारी संस्थाका सुर्य प्रसाद कोइराला लगाएत रहेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.