१६ दिन सम्म पनि आफ्न्त नभेटिएपछि बेवारिसे शवको अन्त्येष्टि

३१ असार, कानेपोखरी । मोरङको कानेपोखरी जंगलमा मृत अवस्थामा भेटिएको एक पुरुषको शव १६ दिन सम्म पनि आफ्न्त नभेटिएपछि बेवारिसे शवलाई अन्त्येष्टि गरिएको छ ।

कानेपोखरी गाउँपालिकाका नगरप्रहरी प्रमुख युवराज भुजेलको नेतृत्वको टोलीले सोमबार विराटनगरको कोशी अस्पतालमा पोष्टमार्टम गरी बेवारिसे शवलाई अन्त्येष्टि गरेको हो । नगर प्रहरीले विराटनगरस्थित सिंघिया खोलामा अन्त्येष्टि गरिएको नगर प्रहरी प्रमुख भुजेलले जानकारी दिनुभएको थियो ।

गत असार १४ गते दिउँसो कानेपोखरी गाउँपालिका ५ स्थित जनजागृती सामुदायिक वन क्षेत्रमा अन्दाजी ४५–५० वर्ष उमेरका एक पुरुष झुण्डीएर मृत अवस्थामा शव भेटिएको थियो । जंगलमा निगुरो टिप्न जाने स्थानीयहरुले देखेपछि नगरप्रहरीलाई खबर गरेका थिए । पहिचान नखुेलेको शवलाई नगरप्रहरीहरुले सोही दिन विरानगरस्थित कोशी अस्पतालमा लगेर राखेका थिए ।

नाम, थर र ठेगाना नखुलेका मृतक शवको नगरप्रहरीले विभिन्न सामाजिक सञ्जालमा आफ्न्तकोमा पुर्याईदिन भनेर फोटो राखेर पोष्ट गरेका थिए । आफ्न्त कोही सम्र्पकमा नआएपछि शवको अन्त्यष्टि गरिएको नगरप्रहरीले बताए ।

 

सम्बन्धित खवर