२४ कात्र्तिक, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकाले अपांङ्गता भएका व्यक्तिहरुको पहिचान गरी परिचयपत्र प्रदान गरेको छ ।
विहिबार गाउँपालिकाको प्राङ्गणमा अपांङ्गता भएका ब्यक्तिको शिबिरको आयोजना गरी परिचयपत्र प्रदान गरिएको हो । गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले ४ प्रकारका परिचयपत्र ३४ जनालाई प्रदान गरेका थिए ।
रातो ३ जना, पहेलो १८ जना, निलो १२ जना र सेतो १ जनालाई अपांङ्गता भएका परिचय खुल्ने परिचयपत्र प्रदान गरिएको उपाध्यक्ष अधिकारीले बताए ।