शुक्रबार, मंसिर ५, २०८२

गुर्जो स्वास्थ्यका लागी निकै फाईदा, कसरी प्रयोग गर्ने ?

कात्र्तिक १५ गते, काठ्माण्डौं । वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो ।

गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ। औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ ।

गुर्जो एक प्रकारको जंगली जडीबुटी हो । यो नेपालका पहाडी भेगका जंगलमा पाईन्छ। यसले मानव स्वास्थमा राम्रो फाईदा गर्न थालेपछि पछिल्लो समय नेपालका गाउँ–घरमा मात्र नभइ शहर(बजारहरुमा पनि माग र प्रयोग बढे संगै यसको उत्पादनमा पनि ध्यान दिन थालिएको छ।

यो रोग प्रतिरोधात्मक शक्ति वृद्धि गर्ने एउटा अचुक औषधि हो । जसको सेवन गर्नाले कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथ आदि रोगहरूबाट उन्मुक्ति पाउन सकिन्छ । आर्यूबेद विज्ञहरुको भनाइ अनुसार गुर्जो कोरोना को औषधि को रुपमा काम गर्ने जडिबुटी पनि हो ।

अहिलेको समयमा यसलाई कोरोनको उपचारमा पनि प्रयोग गरिदै आएको छ। यसलाई पिसेर धुलो बनाएर, मेसिनमा पेलेर जुस बनाएर तथा सोझै प्रयोग गर्न पनि सकिन्छ ।यसका फाइदाहरुः
१) यूम्यूनिटी पावर, अर्थात रोगसँग लड्ने क्षमताको बृद्वी गराउछ।

२) किड्नी, लिवर, रगत र शरिर सफा, सितल तथा स्वस्थ बनाउछ

कुनै औषधीले निको पार्न नसक्ने रोगहरू गुर्जोको उचित सेवनले निको हुने गरेको छ।

३) वाथ, पित्त र कफ तिनै प्रकृतिका रोगीलाई मात्रा , तरिका र मिश्रण मिलाएर सेवन गराएमा लाभ पाउन सकिन्छ ।

४) गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात( खुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई निको पार्दछ ।

५) यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।

६) किड्नीको दुर्बलता तथा फोहोर, विकारलाई हटाएर पिसाब सम्बन्धि सम्पुर्ण समस्या (रोग) हरुमा धेरै लाभ पुरÞ्याउँदछ ।

७) युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा गुर्जो लाभकारी छ ।

८) रक्तविकार (रगतको फोहोर खराबी) हटाउँदछ साथै रक्तअल्पता (रगतको कमी ) हुन दिदैन ।

९) अम्लपित्त(अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ ।

१०) टि.बी. (क्षयरोग) का किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।

११) गुर्जो इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ। त्यसैले गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किटाणु तथा विषाणुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ ।

१२) गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुरÞ्याउँदछ ।

१३) उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुरÞ्याउँदछ ।

१४) गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा नलाग्नमा फाईदा गर्दछ ।

१५) गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी वा खुराक पनि हो ।

यसको प्रयोगमा सावधानीः
तुलसी, दुध, कागती लगायत अमिला वस्तुहरु गुर्जो सँगै मिसाएर नखानुहोस्, बैध्य वा यसको बारेमा राम्रो जानकारी राख्ने बिज्ञले मिसाउन अनुमती दिएका वाहेक अन्य वस्तुतरु मिलाउने इच्छा भएमा सल्लाहा लिनुहोला ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.