सोमवार, मंसिर १, २०८२

बयरवन साना किसानद्धारा ५ वटा समूह पुरस्कृत, १२ जना सम्मानित

३० कात्र्तिक, मोरङ । कानेपोखरी–६, रमाइलोमा रहेको साना किसान कृषि सहकारी संस्था लि. बयरवनले आफ्नो १० औं  वार्षिक साधारणसभामा ५ वटा समूहलाई पुरस्कृत र १२ जना जेष्ठ सदस्य र एकल सदस्यलाई सम्मान गरेको छ ।

कानेपोखरी –६ स्थित जनसेवा माविको प्राङ्गणमा शनिबार सम्पन्न भएको हो । पुरस्कृत हुनेहरुमा उत्कृष्ट समूह तर्फ किरण ठाकुर, सितादेवी चौधरी, ललिता ठाकुर, अनितामाया चौधरी र मिलन ठाकुर रहेका छन् । त्यस्तै उत्कृष्ट पशुपालकमा खोमा पाण्डे, उत्कृष्ट पशुपालक मासुजन्यमा शोभा राई, उत्कृष्ट बालबचतमा सदिक्षा पाठक र आयुस थापा, उत्कृष्ट ऋणीमा कलिमाया दाहाल पुरस्कृत भएका छन् ।

त्यस्तै कृष्णकला कोइराला, वेदमाया कार्की, चेतबहादुर कार्की, भगवती थापा, देवीमाया वि.क., सितादेवी रेखी, रणमाया राई, सुभद्रा भण्डारी डम्बरकुमारी थापा र डम्बरकुमारी पोख्रेल जेष्ठ नागरिक तर्फ सम्मानित भएका छन् । त्यस्तै एकलसदस्यमा लिलमुनी टुडु सता र पदमप्रसाद भट्टराई सम्मानित भएका हुन ।

सम्मानित र पुरस्कृत हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमति इङ्नामले नगद र सम्मान–पत्रले सम्मान गर्नुभएको थियो ।

संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा ३१ लाख ७३ हजार ९ सय ४६ रुपैया शुद्ध बचत गरेको छ । गत आर्थिक वर्षमा संस्थाले १८ लाख ८२ हजार ३ सय ४२ रुपैया शुद्ध बचत गरेको थियो ।

संस्थाले जगेडा कोष ४४ लाख ७३ हजार ३ सय ११ रुपैया रहेको छ । गत आर्थिक वर्ष ३६ लाख ७९ हजार ८ सय २५ रुपैया रहेको थियो । संस्थाको यस आर्थिक वर्षमा लगानी हिसाब ५ लाख ७७ हजार १३३ रहेको छ भने गत वर्ष ५ लाख ६८ हजार ३८९ रहेको थियो ।

संस्थाले यस आर्थिक वर्षमा ४ करोड ५५ लाख १३ हजार ५ रुपैया ऋण लगानी गरेको छ भने गत आर्थिक वर्षमा ५ करोड १६ लाख ६४ हजार ५३८ रुपैया ऋष लगानी गरेको थियो । संस्थाले यस आर्थिक वर्षमा ४ करोड १३ लाख २१ हजार ६८ रुयैया ऋण असुली गरेको थियो भने गत आर्थिक वर्षक ४ करोड ४१ लाख ५७ हजार २७० ऋण असुली गरेको थियो ।

संस्थाले सेयर लाभांश वितरण गर्दै आएको छ । यस आर्थिक वर्षमा पनि खुद मुनाफा मध्ये सेयर लाभांश ७ प्रतिशत र संरक्षित पूँजी फिर्ता कोषमा जम्मा हुन आएको रकमको ६०/४० प्रतिशतले वितरण गरेको छ ।साधारणसभामा संस्थाकी अध्यक्ष यसोदा लिम्बूले प्रगति प्रतिवदेन तथा आगामी कार्ययोजना प्रस्तुत गरेकी थिइन् । संस्थाकी प्रवन्ध विमला बिष्टले आर्थिक वर्ष २०८१/०८२ को प्रगति तथा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रबन्धक बिष्टले आर्थिक वर्ष २०८१/०८२ को आम्दानी १ करोड ७ लाख ५५ हजार ७७८ रुपैया र खर्च ७६ लाख ६८ हजार ५२५ रुपैया प्रस्तुत गरेकी थिइन् । संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा आम्दानी १ करोड २८ लाख ६६ हजार ९३३ र खर्च ९१ लाख २७ हजार १२३ रुपैया गर्ने लक्ष्य राखेको छ । संस्थाकी लेखा संयोजक विष्णुमाया फुयलले लेखा तथा सुपेरिवेक्षणको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

साधरणसभामा संस्थाकी अध्यक्ष यशोदा लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमति इङ्नाम प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरु अतिथि रहेका थिए । २०७२ सालमा स्थापना भएको संस्थामा २३९ ओटा समूह र १३२४ जना सेयर सदस्य रहेको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.