२६ कात्र्तिक, कानेपोखरी । नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत ७५३ वटै पालिकामा जनप्रदर्शन सम्पन्न गरेको छ । संविधानको रक्षा र विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै प्रतिगामी षडयान्त्रका विरुद्ध एमालेले देशैभरि जनपरिचालन कार्यक्रम गरेको हो ।
नेकपा(एमाले)कानेपोखरी गाउँपालिका कमिटीले पनि ‘जनपरिचालन अभियान’ अन्तगरगत कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका कमिटीले रमाइलो जनएकता साकोसको सभाहलमा सम्पन्न गरेको हो ।
वक्ताहरुले जेन जी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको विध्वंस र तोडफोडपछि दलका कार्यकर्ताहरुको गिरेको मनोबल एमालेको जनप्रदर्शन तथा सहभागिले उकासेको बताएका छन् ।
कार्यक्रममा नेकपा(एमाले) केन्द्रिय सदस्य नैनाकला ओझा, केन्द्रिय अनुशासन आयोग सदस्य राजमति इङ्नाम, कोशी प्रदेश सदस्य ताराबहादुर काफ्ले, जिल्ला सचिवालय सदस्य भोला प्रसाद अधिकारी, पूर्व जिल्ला सदस्य नविन पौडेलले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला सदस्यहरु दान बहादुर बस्नेत, खेमकुमरी दाहाल, मोहनप्रसाद अधिकारी, शुशिला श्रेष्ठ, सरस्वती काफ्ले, यशोदा लिम्बु, दुर्गा माया नेपाली पुर्व जिल्ला सदस्य खड्गबहादुर बस्नेत, लेखा संयोजक पदमकाजी थापाको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा कमिटीका पदाधिकारी, गाउँ कमिटीका सदस्य र पार्टी सदस्यहरु उपस्थित रहेका थिए । गाउँपार्टी सचिव लक्ष्मी रिजालको सञ्चान रहेको कार्यक्रममा सभाध्यक्ष गाउँपार्टी अध्यक्ष भुपाल श्रेष्ठले गरेका थिए ।
अभियान अन्तरगत कात्तिक २९ गते जिल्ला स्तरीय आमसभा, मंसिर ६ गते काठमाडौंम हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रुपमा पनि रहेको एमालेले जनाएको छ ।








