कानेपोखरीमा २ नम्बर वडा पनि एमालेको प्यानल विजयी

जेठ २ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको २ नम्बर वडा पनि नेकपा एमालेको प्यानल विजय भएका छन् ।

१८६४ मत ल्याएर नेकपा एमालेका वडा अध्यक्षका उम्मेद्वार सुशिल बुढाथोकी विजयी भएको हो । उनले आफ्नो प्रतिद्धन्दी नेपाली कांग्रेसका गोपाल खड्कालाई ५६० मतको अन्तरले पछि पारेको थियो । त्यसैगरी महिला सदस्य सबित्रा चौधरी १७६२, दलित महिला सदस्य किना ऋषिदेव १७७४, खुल्ला पहिलो सदस्य केशव दाहल १६९९ र खुल्ला दोस्रो सदस्य भिम बहादुर कार्कीले १६३९ मत ल्याई सानदार जित निकालेका हुन ।

त्यसैगरी जम्मा खसेको मत ३७२४ मा वडाबाट नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार राजमती इङ्नामले
१६८७, कांग्रेसका सन्जय भट्टराईले ९८८, माओवादी केन्द्रका सुर्य धिमाल ७१० र राप्रपाको मोहन गौतमले ५६ मत पाएका थिए । त्यसैगरी नेकपा एमालेबाट पालिका उपाध्यक्षका उम्मेद्वार भोला अधिकारी १७६९, कांग्रेसका मनकुमारी गुरुङ १२००, माओवादी केन्द्रका तारा ओझा ४१७ र राप्रपाले ६३ मत पाएका थिए ।

सुशिल बुढाथोकी यस अघिको पनि वडा अध्यक्ष हुन । उनले एमालेको प्यालन नै यस अघि पनि सानदार जित निकालेका थिए ।

सम्बन्धित खवर