मंसिर १४ गते, उर्लाबारी । मोरङको उर्लाबारी– ३ मा स्थित मदन भण्डारी भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको विभिन्न विषयमा निर्णय गदै पहिलो बैठक आज सम्पन्न भएको छ ।
मंगलबारे अस्पताललाई संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा अघि बढाईएको छ ।
बैठकमा अस्पतालको विकासका विषयमा व्यापक छलफल भएको थियो । सो बैठकले उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको संयोजकत्वमा ७ सदस्यीय अस्पताल संचालनको चुनौती र भावी कार्ययोजना तयार पार्न कार्यदल गठन गरिएको छ ।
सो कार्यदलको सदस्यहरुमा मुक्तिनाथ न्यौपाने, राजेन्द्र पौडेल, भिष्मा रेग्मी, शिला भट्टराई , कमलनारायण मल्लिक र डा.योगेश मण्डल रहेको छ । सो बैठक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्व्य समिति मोरङका प्रमुख नरेश पोखरेलको अध्यक्षतमा सम्पन्न भएको थियो ।