
३ बैशाख, मोरङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कानेपोखरीका २९ जना नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् ।
नयाँ वर्षको अवसर पारेर संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । नेकपा कानेपोखरी–४ का अध्यक्ष चुडामणि भारती, कोषाध्यक्ष कन्तलाल राजबंशी, सह–सचिव बसन्ती ऋिसिदेव, वडा सदस्यहरु लगायतका जिम्मेवार नेताहरूले राजिनामा दिएको हो । नेकपा कानेपोखरी–४ का पार्टी अध्यक्ष चुडामणि भारतीले आफ्नो फेसबुकमा विज्ञप्ती जारी गर्दै सामूकि राजीनामा दिएको सार्वजनिक गरेका थिए ।
विज्ञप्तिमा पार्टी परित्याग गर्नुको मुख्य कारण नेतृत्वमा देखिएको विचलन, पार्टीभित्र चरम अवसरवाद, नातावाद, दलाल प्रवृत्ति र अपारदर्शी नेतृत्व हाबी भएको आरोप लगाएका छन् । वर्तमान नेतृत्वप्रति अब कुनै विश्वास बाँकी नरहेको र नेतृत्वले गम्भीर आत्मसमिक्षा नगरेसम्म सुधार असम्भव रहेको उनीहरूको निष्कर्ष छ ।
सामूहिक राजीनामा दिनेहरूमा वडा नं. ४ अध्यक्ष चुडामणि भारती, वडा नं. ४ कोषाध्यक्ष कन्तलाल राजबंशी, वडा नं. ४ सहसचिव बसन्ती ऋिसिदेव, बिशेश्वर राजबंशी, करक लाल राजबंशी, बक्रम तामाङ, रमेश राजबंशी, अमर राजबंशी, मुना भुजेल, उमेश राजबंशी, प्रकाश राजबंशी, मन्जु कुमारी ताजपुरीया, भुसी मुसहर, कुमारी राजबंशी, खड्ग बहादुर दर्नाल, बिना दर्नाल, धन माया दर्नाल, पद्मा दर्नाल, धन बहादुर घिसिङ, शान्ती गजमेर, शान्ती गजमेर, मिरा विश्वकर्मा, कर्मा अधिकारी, राज बहादुर राई, दुर्गा शाह, राजेश राजबंशी, अन्टु राजबंशी, देब राजबंशी रहेका छन् ।
जिल्ला सदस्यको राजीनामा
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी(नेकपा) पार्टी एकता अघि नै माओवादी केन्द्रका जिल्ला सदस्य कानेपोखरी–४, निवासी मनोज राजवंशीले पार्टी परित्याग गरेका थिए । राजवंशीले नेतृत्वप्रति असन्तुष्टी जनाउर्दै पार्टीको साधरण सदस्य समेत नरहने गरी पार्टीको जिल्ला सदस्य पदबाट राजीनामा दिएका थिए ।
मनोज राजवंशी गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय उर्जाशील पार्टी नेपालबाट मोरङ क्षेत्र नं. २ बाट उम्मेद्वार बनेका थिए । निर्वाचनमा पराजय भएपछि राजवंशीले राष्ट्रिय उर्जाशील पार्टीबाट पनि राजीनामा दिएका थिए ।



