२८ चैत्र, पथरी । पथरी शनिश्चरे नगरपालिकाले शैक्षिक वर्ष २०८२ को आधारभूत तह (कक्षा ८) को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नगर क्षेत्रका सामुदायक र संस्थागत गरी ८३.०१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जुन अघिल्ला वर्षहरूको तुलनामा सुधारोन्मुख रहेको छ ।
परीक्षामा सामुदायीक विद्यालय तर्फ वडा नं. ८ को दुर्गा आधारभूत विद्यालयले मात्र सतप्रतिशत विद्यार्थी उत्तीण गराएका छन् । त्यस्तै संस्थागत विद्यालयले भने १० वटा विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीण गराउन सफल भएका छन् । सतप्रतिशत उत्तीण गराउने संस्थागत विद्यालयहरुमा ग्रेटग्रेस इङ्लिस स्कुल, बालजागरण विद्या मन्दिर, हसन्दह डनबस्को इङ्लिस स्कुल, कंचनजंङ्गा ई.बोर्डिङ स्कुल, के.वि स्मारक ई.बोर्डिङ स्कुल, किर्तिपुर एकेडेमी, पेगोडा मोडल ई.बोर्डिङ स्कुल, न्यू पेगोडा ई.बोर्डिङ स्कुल, सिद्धार्थ ई.बोर्डिङ स्कुल, सुपर्व ई.बोर्डिङ स्कुल रहेका छन् ।
कुल १,४९६ विद्यार्थीले परीक्षा आवेदन फाराम भरेपनि १४ सय ८२ जना मात्र परीक्षामा सहभागी भएका थिए । परीक्षामा १३ जना विद्यार्थी अनुपस्थित भएका छन् । परीक्षामा सहभागीमध्ये १२ सय ३२ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा वडा नं.–२ को बाल्मिकी ई.बोर्डिङ स्कुललका २ जनाले जिपिए ४ ल्याएका छन् भने वडा नं.–१ मा रहेको एभरेष्ट ई.बोडिङ् स्कुलको १ जना जिपिए ४ ल्याएका छन् ।



