बिहिबार, बैशाख ३, २०८३

कक्षा ८ को परीक्षाः शतप्रतिशतमा सामुदायिक शून्य र संस्थागत दुई विद्यालय

३ बैशाख, मोरङ । कानेपोखरी गाउँपालिकाले आधारभूत तह (कक्षा ८) को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । पालिका क्षेत्रका सामुदायिक र संस्थागत गरी ६१.९५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा संस्थागत विद्यालय तर्फ जेनिथ इङ्लिस स्कुल र बालज्योति एकेडेमीले शतप्रतिशत उत्तीर्ण गराएका छन् भने सामुदायिक विद्यालय तर्फ यसपटक शतप्रतिशत शून्य रहेको छ ।

त्यस्तै वडा नं.–६, विहिबारेमा रहेको श्री पञ्चज्योति आधारभूत विद्यालय भने उतिर्ण संख्या शून्य रहेको छ । ७ जना विद्यार्थीमा ७ जना नै अनुतिर्ण भएपछि श्री पञ्चज्योति आधारभूत विद्यालयको उतिर्ण संख्या शून्य भएको हो ।

कुल ७९० विद्यार्थीले परीक्षा आवेदन फाराम भरेपनि ७४९ जना मात्र परीक्षामा सहभागी भएका थिए । बाँकी ४१ जना विद्यार्थी अनुपस्थित थिए । परीक्षामा सहभागीमध्ये ४६४ जना विद्यार्थी उत्तीर्ण भएका थिए भने २८५ जना अनुतिर्ण भएका थिए ।

बालज्योती इङ्लिस स्कुलको १५ जना विद्यार्थी रहेकोमा १ जना विद्यार्थी अनुतिर्ण भएका छन् । त्यस्तै कालिस्थान नमूना इङ्लिस स्कुलको ३१ जना मध्ये १ जना अनुतिर्ण भएका छन् । श्री जनमत स्वरस्वती आधारभूतका ११ जना मध्ये १ जना र सगरमाथा एकेडेमी इङ्लिस स्कुलका १० जना मध्ये २ जना अनुतिर्ण भएका छन् ।

११ वटा संस्थागत विद्यालयबाट ३२० जना विद्यार्थी परिक्षामा सहभागी थिए । त्यस्तै १३ वटा सामुदायिक विद्यालयबाट ४२९ जना सहभागि थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.