बुधबार, चैत्र १८, २०८२

कानेपोखरीमा अवैध उत्खनन रोक्न सक्रियता, तीन ट्याक्टर नियन्त्रणमा

१७ चैत्र, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले अवैध गिट्टी–बालुवा निकासी गर्दागर्दै चिंसाङ खोलाबाट तीन वटा ट्याक्टर पक्राउ गरेको छ ।

मंगलबार दिउँसो चिसाङ खोला अन्तरगत संजय नाकाबाट लोड गर्दागर्दै गरेको अवस्थामा नगरप्रहरीले तीन वटा ट्याक्टर पक्राउ गरेको हो । वडा नं. ५ अन्तरगत संजय नाकाबाट प्रदेश १.०४–००१ त १०३८ नम्बर, प्रदेश १.०२–००३ त ३४१९ नम्बरको र प्रदेश १.०२–००३ त २३५१ नम्बरको ट्याक्टर पक्राउ गरेको हो ।

बेलबारी –७ निवासी भोला पोख्रेल एउटा ट्याक्टर र ग्रामथान –४ मोतिपुर निवासी गुलाव चौधरीको दुईवटा ट्याक्टर रहेका नगरप्रहरीले बताएका छन् । पक्राउ गरिएको ट्याक्टरमा आधा आधा बालुवा भरेका थिए ।

नगरप्रहरी इन्चार्ज युवराज भुजेलको अनुुसार उत्खनन् सिमा भन्दा बाहिर गएर ट्याक्टरमा गिट्टी–बालुवा लोड गर्दै गरेको भेटिएपछि पक्राउ गरेको बताए । ट्याक्टर कानेपोखरी गाउँपालिकामा राखिएको छ ।

यस अघि को २ त ९६१३ नम्बरको ट्याक्टर चिसाङ खोलाबाट पक्राउ गरी कानुन बमोजिम जरिवाना स्वरुप राजश्व २५ हजार तिराएर पालिकाले छोडेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.