३० चैत्र, पथरी । पथरी शनिश्चरे नगरका सुरेन्द्रकुमार सुब्बाले स्वर्ण पदक जित्दै ओभरअलतर्फ चौथो स्थान प्राप्त गरेका छन् । ‘सातौँ मिस्टर कोशी प्रदेश’ खुला शारीरिक सुगठन प्रतियोगिता –२०८२ अन्र्तगत ५५ केजी तौल समूहमा उनले चौथो स्थान प्राप्त गरेको हो ।
शुक्रबार धरानमा एलाइनेट फिटनेट क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा नगरेन्द्रकुमारले पथरी शनिश्चरेको ‘द पावर जिम एण्ड फिटनेस’ क्लबबाट प्रतिनिधित्व गरेको थियो ।
‘स्वस्थ जीवन, सुन्दर भविष्य हरेक युवाको सपना–नियमित व्यायाम, स्वच्छ समाज, द पावर जिम एण्ड फिटनेस क्लबको चाहना’ नारा सहित पथरी शनिश्चरे–९ मा स्थापित क्लबले आगामी दिनहरूमा पनि यस्ता खेल तथा प्रतियोगितामा खेलाडीहरूको सक्रिय सहभागिता रहने क्लबका संचालक तथा फिटनेस क्लबका प्रशिक्षक लोकबहादुर तामाङले जनाए ।



