बुधबार, चैत्र १८, २०८२

कानेपोखरी गाउँपालिकामा ५८२ विद्यार्थीले एसईई परीक्षा दिर्दै

१७ चैत्र, मोरङ । २०८२ को माध्यामिक शिक्षा परीक्षा(एसईई) परीक्षामा कानेपोखरी गाउँपालिकाबाट ५८२ जना छात्राछात्र सहभागि हुने भएका छन् । गाउँपालिकाको ६ वटा संस्थागत विद्यालयबाट १८२ जना विद्यार्थी र ८ वटा सामुदायिक विद्यालयबाट ४०० जना विद्यार्थी सहभागी हुने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा (१०) ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी चैत १९ गतेबाट सुरु गर्ने तालिका यसअधि नै सार्वजनिक गरेको थियो ।

गाउँपालिकाबाट प्राप्त विवरण अनुसार कानेपोखरी क्षेत्रभित्र माध्यमिक तथा संस्थागत विद्यालयहरूको लागि दुईवटा परीक्षा केन्द्र राखिएको छ । वडा नं. ६ को जनसेवा माध्यामिक विद्यालय र वडा नं. २ को शिक्षा विकास माध्यामिक विद्यालयमा परीक्षा केन्द्र राखिएको हो ।

जनसेवा माध्यामिक विद्यालयको परिक्षा केन्द्रमा भौसाबारी मावि, जनकल्याण मावि, सिंहदेवी मावि, रमाइलो बालजगत ई.स्कुल, शिक्षा विकास मावि, पर्लएकेडेमी इङ्लिस स्कुल, माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमी र आर्दश इङ्लिस स्कुल लगाएतबाट ३३१ जना छात्राछात्रले परीक्षा दिदैछन् ।

त्यस्तै शिक्षा विकास मावि परीक्षा केन्द्रमा जनसेवा मावि, श्रीमावि होक्लाबारी, शिक्षा सदन मावि, बाल मावि, मकालु मोरङ ई. स्कुल र पिनाकल ज्ञान मन्दिर लगाएत स्कुलबाट २५१ जना छात्राछात्र परीक्षामा सहभागि हुने छन् ।

एसईई परीक्षा चैत्र १९ गतेबाट सुरु हुदैछ । चैत्र १९ गते अंग्रेजी, चैत्र २० गते नेपाली, चैत्र २२ गते गणित, चैत्र २३ गते विज्ञान र चैत्र २४ गते सामाजिक अध्ययन रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.